NIMB Header 2
Nepal Life

अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 17 15:34
अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
National Life

काठमाडौँ । अग्नि ग्रुपको गैरनाफामूलक संस्था अग्नि फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाएको छ। नेपालमा महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालन हुने फाउण्डेशनले बुढानीलकण्ठ, काठमाडौँमा आयोजित समारोहमार्फत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई महिन्द्रा एसयूभी ४००का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको हो। समुदाय सशक्तिकरण र कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समाजलाई प्रतिफल दिने उद्देश्यसहित गरिएको यो सहयोग KIOCH का स्वास्थ्य तथा समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

NIMB

कार्यक्रममा अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले ३५ वर्षको यात्रामा समुदायसँग सँगसँगै अघि बढ्नु नै फाउण्डेशनको प्रमुख प्रेरणा रहेको बताइसक्दै भनिन्, “आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पु¥याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो, र भविष्यलाई सम्भारिने ठाउँ हो। यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो।”

त्यसैगरी, हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा KIOCH का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले यी सवारी साधनहरूले संस्थाका विविध सामुदायिक स्वास्थ्य कार्यक्रमलाई थप गति दिने विश्वास व्यक्त गरे। उहाँले भने, “विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। यी सबै क्षेत्रमा अब यी इलेक्ट्रिक एसयूभीहरू प्रयोग हुनेछन्। यसबाट हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन्, र सेवा वितरण सहज तथा प्रभावकारी भएपछि थप धेरैले अप्रत्यक्ष रूपमा फाइदा लिन सक्नेछन्। स्वास्थ्य सेवा अझ पहुँचयोग्य बनाउन मद्दत पुर्याएकोमा हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्छौँ।”

अग्नि ग्रुपको ‘Rising Together’ मूल्य–दर्शनले व्यवसायिक सफलतासँगै समुदायको उन्नतिलाई समान रूपमा प्राथमिकता दिने बताउँदै, दिगो, सुरक्षित र वातावरणमैत्री महिन्द्रा एसयूभी४०० ले KIOCH का स्वास्थ्य, शिक्षा तथा सामुदायिक कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

फाउण्डेशन गत वर्षहरूमा पनि स्वास्थ्य, शिक्षा, खेलकुद तथा विपद्–व्यवस्थापनका क्षेत्रमा सक्रिय रहँदै विभिन्न सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको छ। यसअघि त्रिवि शिक्षण अस्पतालका पिआईसियु (PICU) र एनआईसियु (NICU) को मर्मत–सम्भार तथा स्तरोन्नति गर्नुका साथै अभिभावकहरूका लागि ‘अग्नि विङ’ नामक सुविधासम्पन्न प्रतीक्षालय समेत स्थापना गरिसकेको छ।

१८ वर्षसम्मका बालबालिकालाई एकीकृत, किफायती र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बोकेको KIOCH विशेषगरी कमजोर तथा जोखिममा रहेका समुदायका बालबालिकाका लागि दिगो स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्दै आएको छ।

अग्नि समूहद्वारा गरिएको यो सहयोग समुदायप्रति समर्पित संस्थागत जिम्मेवारीको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ। ३५ वर्षको यात्राले समूहको व्यापारिक प्रगतिसँगै समुदायसँगको सहयात्रालाई झनै मजबुत बनाएको छ, किनकि—“संगै अघि बढ्दा मात्र वास्तविक प्रगति सम्भव हुन्छ।”

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया