NIMB Header 2
Nepal Life

सोलु हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीय तथा वैदेशिक रोजगारीमा गएकाले भर्न पाउने

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 23 12:10
सोलु हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीय तथा वैदेशिक रोजगारीमा गएकाले भर्न पाउने
National Life

काठमाडौं। सोलुखुम्बुमा अवस्थित सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि (७ मंसिर २०८२) परियोजनाबाट प्रभावित स्थानीयहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खोलिएको छ। कम्पनीले परियोजना प्रभावित स्थानीयहरूका लागि १ करोड (१,००,००,०००) कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख (१०,००,०००) कित्ता सेयर निष्काशन गरेको हो।

NIMB

स्थानीयका लागि ७ मंसिरदेखि २१ मंसिरसम्म आवेदन

सोलुखुम्बु जिल्लाका स्थानीयका लागि आवेदन अवधि आजदेखि २१ मंसिर २०८२ सम्म खुला रहनेछ। सो अवधिमा पूरा नभएमा आवेदन अवधि ७ पुस २०८२ सम्म बढ्न सक्ने व्यवस्था गरिएको छ।

विदेशमा रहेका नेपालीका लागि १० मंसिरसम्म, आवश्यक परे २१ मंसिरसम्म

विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको १० लाख सेयर आजदेखि १० मंसिर २०८२ सम्म खुला रहनेछ। यस समूहमा पनि माग अनुसार पूरा नभएमा आवेदन अवधि २१ मंसिरसम्म लम्बिन सक्नेछ।

कुल जारी पुँजी १० अर्ब, त्यसको २०% सार्वजनिक निष्काशन

कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। यसमध्ये २०% अर्थात् २ करोड कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

१०% (१ करोड कित्ता) परियोजना प्रभावित स्थानीयका लागि

१०% (१ करोड कित्ता) सर्वसाधारणका लागि पछि निष्काशन गरिने

यस सर्वसाधारण सेयरमध्ये

१० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ, जसको आवेदन आजदेखि खुला भएको हो।

आवेदन सीमा

परियोजना प्रभावित स्थानीय तथा विदेशमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख (१,००,०००) कित्तासम्म आवेदन दिन सक्नेछन्।

इश्यू मेनेजर र क्रेडिट रेटिङ

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई IRN BB (Is) रेटिङ दिएको छ। यस रेटिङका अनुसार कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको मानिन्छ।

कम्पनी पृष्ठभूमि र परियोजना विवरण

सोलु हाइड्रोपावर लिमिटेड (SHL) सन् २०१० जुनमा निजी कम्पनीका रूपमा स्थापना भएको हो। पछि सन् २०२२ जुलाईमा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो। प्रारम्भमा भारतीय कम्पनी Essel Infraprojects Ltd. को लगानी रहेको SHL हाल पूर्ण रूपमा नेपाली लगानीकर्ताहरूको स्वामित्वमा आएको छ।

कम्पनीमा ट्रिवेणी, विशाल, गोयल, राठी, वैद्य र जैन समूहका प्रमुख व्यवसायीहरू प्रवद्र्धकका रूपमा छन्। SHL ले सोलुखुम्बु जिल्लामा ८२ मेगावाटको लोअर सोलु जलविद्युत् आयोजना (LSHEP) सञ्चालन गरिरहेको छ।

जलाधार क्षेत्र: ४११ वर्ग किलोमिटर

डिजाइन डिस्चार्ज: १९.८५ m³/s (४०% PoE मा)

ग्रस हेड: ४९३ मिटर

२०२४ फेब्रुअरी मध्यसम्मका प्रमुख सेयरधनीहरू:

गोविन्दलाल सांगाई – ८.१६%

नितेश अग्रवाल – ७.०९%

रामचन्द्र सांगाई – ४.९३%

सोलु हाइड्रोपावरको आईपीओले सोलुखुम्बुका स्थानीय तथा विदेशमा रहेका नेपालीहरूलाई लगानीको महत्वपूर्ण अवसर प्रदान गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया