NIMB Header 2
Nepal Life

शेयर बजारबाट कार्तिकमा मात्रै उठ्यो ३८ करोड ५ लाख पूँजीगत लाभकर, चार महिनामा ३ अर्ब नाघ्यो

National Life
  • BFIS News
  • 2025 Nov 23 18:36
शेयर बजारबाट कार्तिकमा मात्रै उठ्यो ३८ करोड ५ लाख पूँजीगत लाभकर, चार महिनामा ३ अर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । शेयर बजारमा कात्तिक महिनामा पूँजीगत लाभकर (क्यापिटल गेन्स ट्याक्स) संकलन उल्लेख्य रूपमा वृद्धि भएको छ। सिडिएससीका अनुसार कात्तिक महिनामा मात्रै कुल ३८ करोड ५ लाख ९९ हजार २९०.६४ रुपैयाँ लाभकर उठेको छ, जुन गत असोजको २४ करोड ३६ लाख ५६ हजार ९२० रुपैयाँको तुलनामा १४ करोड रुपैयाँभन्दा बढी हो।

Shikhar
NIMB

गत असोज महिनामा शेयर बजारमा आएको गिरावटका कारण लाभकर संकलन चालु आर्थिक वर्षकै सबैभन्दा न्यून रह्यो। असोजअघि साउन महिनामा २ अर्ब १५ करोड ७५ लाख ६९ हजार रुपैयाँ लाभकर उठेको थियो भने भदौमा ६० करोड १४ लाख ९९ हजार ४६४ रुपैयाँ संकलन भएको थियो। चालु आर्थिक वर्षका चार महिनामा कुल ३ अर्ब ३८ करोड ३३ लाख २४ हजार ७३६.७० रुपैयाँ लाभकर संकलन भइसकेको सिडिएससीले जनाएको छ।

कात्तिकमा सबैभन्दा धेरै लाभकर अल्पकालीन लगानीकर्ताबाट

  • कात्तिक महिनामा सबैभन्दा ठूलो योगदान अल्पकालीन लगानीकर्ताबाट आएको छ। उनीहरूले मात्रै १६ करोड ३५ लाख रुपैयाँभन्दा बढी लाभकर तिरेका छन्।

  • दोस्रो ठूलो योगदान दीर्घकालीन लगानीकर्ताबाट आएको छ, उनिहरुले पनि १२ करोड ७१ लाख रुपैयाँ तिरेका छन्।

  • सबैभन्दा थोरै लाभकर संस्थागत लगानीकर्ताबाट आएको छ। उनीहरूले कात्तिकमा ८ करोड ९८ लाख रुपैयाँ मात्रै कर तिरेका छन्।

लाभकरको दर र नियम

  • शेयर कारोबारबाट भएको खुद नाफामा लगानीकर्ताले तोकिएको दरमा कर तिर्नुपर्छ।

  • एक वर्षभन्दा बढी अवधिपछि बिक्री गरिएको शेयरबाट भएको नाफामाथि ५ प्रतिशत कर लाग्छ, यो दीर्घकालीन लाभकर हो।

  • एक वर्षभित्रै बिक्री गरिएको शेयरबाट भएको नाफामाथि ७.५ प्रतिशत कर लाग्छ, यो अल्पकालीन लाभकर हो।

  • संस्थागत लगानीकर्ताले भने १० प्रतिशत कर तिर्नुपर्छ। उनीहरूले वर्षको अन्त्यमा नाफा, घाटा समायोजन गर्ने सुविधा पाउँछन्।

  • अल्पकालीन र दीर्घकालीन व्यक्तिगत लगानीकर्ताले भने नाफा, घाटा समायोजन गर्न पाउँदैनन्।

नाफा नभएमा पूँजीगत लाभकर तिर्नुपर्दैन। तर ब्रोकर कमिसनसहित कारोबार गर्दा लाग्ने अन्य शुल्क भने तिर्नैपर्छ। शेयर बजारमा पछिल्लो समय पुनः कारोबार सक्रिय बन्दै गएसँगै आगामी महिनामा लाभकर संकलन अझै बढ्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया