NIMB Header 2
Nepal Life

सूर्योदय वोमी लघुवित्तद्धारा ऋणी चौधरीलाई बीमा दाबी हस्तान्तरण, बीमाको सुविधाले संकटमा राहत

National Life
  • BFIS News
  • 2025 Nov 30 21:44
सूर्योदय वोमी लघुवित्तद्धारा ऋणी चौधरीलाई बीमा दाबी हस्तान्तरण, बीमाको सुविधाले संकटमा राहत
Sanima Reliance

परासी, नवलपरासी— सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय परासीले रामग्राम नगरपालिका–१७, देवगाउँ फुलवरियामा संचालित केन्द्र नं. १४८.००३१ की सदस्य हेमकान्ती देवी चौधरीलाई बीमा दाबी वापत प्राप्त रकम हस्तान्तरण गरेको छ।

Shikhar
NIMB

हेमकान्ती देवी चौधरीका श्रीमान् हरिनन्द चौधरीको गएको असार एक गते मृत्यु भएको थियो। केन्द्र बैठक संचालनकर्ता कर्मचारी धनीराम यादवको पहलमा दाबी भुक्तानी गरिएको हो। बीमा बापत आएको रकमबाट चौधरीको ५ लाख २५ हजार रुपैयाँ कर्जा भुक्तानी गरि बाँकी रहेको ६८ लाख २८९ रुपैयाँ ऋणी हेमकान्तीदेवीलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। 

बीमा रकमबाट मृतकका नाममा रहेको कर्जा चुक्ता गरी बाँकी रहेको रु ६८,२८९/- को चेक Shine Resunga Development Bank Ltd. मार्फत हेमकान्ती देवी चौधरीलाई हस्तान्तरण गरिएको हो। उक्त चेक शाखा प्रमुख कृष्ण मालीले अन्य सबै केन्द्र सदस्यहरूको रोहबरमा प्रदान गरेका हुन्।

सदस्य हेमकान्ती देवी चौधरीले २०८० साल फागुन २० गते यसै वित्तीय संस्थाबाट राइस मिल संचालन गर्नका लागि ७ लाख रुपैयाँ  कर्जा लिएका थिए। कर्जा लिँदै गर्दा उनले प्रति वर्ष प्रति लाख ४५० रुपैयाँ बीमा प्रिमियम तिर्दै आफू र आफ्नो श्रीमान् दुवैको बिमा गराएकी थिइन्।

यस वित्तीय संस्थाले हरेक कर्जा लिने सदस्य तथा उनका पति/पत्नीको अनिवार्य बीमा गर्दै आएको छ। यसले आकस्मिक जोखिम न्यूनिकरणमा महत्वपुर्ण योगदान पुर्‍याउने शाखा प्रमुख कृष्ण मालीले बताए।

बीमा दाबी रकम हस्तान्तरणसँगै केन्द्रका अन्य सदस्यहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनलाई समवेदनासमेत प्रकट गरेका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया