NIMB Header 2
Nepal Life

भदौ २३ ‘जेनजी सहिद दिवस’का रूपमा मनाइने

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 01 22:35
भदौ २३ ‘जेनजी सहिद दिवस’का रूपमा मनाइने
Everest Bank

काठमाडौँ, मंसिर १५ गते।सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले सो परिचयपत्र आमा, बुबा, श्रीमान्, श्रीमती तथा अविवाहित छोरा–छोरीलाई प्रदान गर्ने व्यवस्था मिलाएको हो

NIMB

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भदौ २३ र २४ गते भएको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरिएका परिवारलाई गृह मन्त्रालयमार्फत परिचयपत्र दिने निर्णय गरिएको जानकारी दिनुभयो। उनले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाइने पनि बताए।

बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका सेवा वा वस्तु खरिद–बिक्री तथा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ माध्यममार्फत अनिवार्य गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, श्रीलङ्कामा आएको भीषण बाढी तथा पहिरोबाट भएको क्षति राहतका लागि नेपाल सरकारले दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. ज्ञानबहादुर थापा र प्रेस काउन्सिल नेपालका अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसबाहेक, राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा बैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ। अन्य निर्णयहरू सम्बन्धित मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने मन्त्री खरेलले बताउनुभयो।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया