NIMB Header 2
Prabhu Mahalaxmi

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, असोज १५ गतेसम्म शेयर किन्नेले लाभांश पाउने

United Ajod
  • BFIS News
  • 2026 Sep 22 11:18
सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, असोज १५ गतेसम्म शेयर किन्नेले लाभांश पाउने
IME LIFE

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएका छ। बैंकले असोज २८ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

Nepal Life
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनको समानुपातिक आधारमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्।

ऋणपत्रको दायित्व घट्दा लाभांश क्षमता बढ्ने

पछिल्ला केही वर्षमा खराब कर्जा व्यवस्थापन तथा ऋणपत्रसँग सम्बन्धित प्रोभिजनिङका कारण सिद्धार्थ बैंकको लाभांश वितरण क्षमता प्रभावित हुँदै आएको थियो। यही कारण अघिल्ला तीन–चार वर्षमा बैंकको लाभांश तुलनात्मक रूपमा न्यून रह्यो।

तर, बैंकका ऋणपत्र क्रमशः परिपक्व हुँदै जाँदा आगामी वर्षमा वित्तीय लागत तथा प्रोभिजनिङको दबाब घट्ने सम्भावना देखिएको छ। हाल बैंकका चारवटा ऋणपत्र सक्रिय छन्।

बैंकले निष्काशन गरेको २ अर्ब १६ करोड रुपैयाँको १०.५० प्रतिशत एसबीएल डिबेन्चर २०८२ आगामी पुस २८ गते परिपक्व हुँदैछ। त्यस्तै, २ अर्ब ५० करोड रुपैयाँको १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३ जेठ २७ गते परिपक्व हुनेछ।

यसैगरी, ३ अर्ब रुपैयाँको ८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ असार २८ गते परिपक्व हुने तालिका छ। बैंकको अर्को ४ अर्ब रुपैयाँको ऋणपत्र त्यसपछिको अवधिमा परिपक्व हुनेछ। बैंकले थप एउटा ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत प्राप्त गरिसकेको छ।

दोस्रो त्रैमासिकपछि वित्तीय प्रभाव देखिन सक्ने

आर्थिक वर्ष २०८२/८३ मा बैंकका दुईवटा ऋणपत्र परिपक्व हुने भएकाले आगामी अवधिमा ऋणपत्रसँग सम्बन्धित वित्तीय लागत र प्रोभिजनिङको दबाब घट्न सक्ने देखिन्छ। यसको प्रभाव बैंकको आगामी वित्तीय विवरणमा क्रमशः देखिन सक्नेछ।

विशेषगरी दोस्रो त्रैमासिक वित्तीय विवरणदेखि ऋणपत्रसम्बन्धी दायित्व घटेको प्रभाव वित्तीय सूचकमा देखिन सक्ने अपेक्षा गरिएको छ। त्यसपछि ऋणपत्रको दायित्व क्रमशः घट्दै जाँदा वितरणयोग्य मुनाफामा सुधार आउन सक्ने र त्यसले आगामी वर्षको लाभांश क्षमतालाई समेत प्रभावित गर्न सक्नेछ।

बिग मर्जरमा नगई आफ्नै संरचना र व्यवसाय विस्तारमार्फत अघि बढिरहेको सिद्धार्थ बैंकले पछिल्ला अवधिमा विभिन्न वित्तीय सूचकमा सुधार गर्दै आएको छ। आगामी लाभांश क्षमता भने बैंकको मुनाफा, खराब कर्जा व्यवस्थापन, वितरणयोग्य मुनाफा, पूँजी संरचना तथा नियामकीय व्यवस्थाको प्रभावमा निर्भर हुनेछ।

बोनसपछि चुक्ता पूँजी १६ अर्ब २६ करोड पुग्ने

हाल सिद्धार्थ बैंकको चुक्ता पूँजी १४ अर्ब ७९ करोड रुपैयाँ रहेको छ। प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी करिब १६ अर्ब २६ करोड रुपैयाँ पुग्नेछ।

यसरी प्रस्तावित लाभांशले एकातर्फ शेयरधनीलाई प्रतिफल उपलब्ध गराउने र अर्कोतर्फ बैंकको पूँजी आधार विस्तार गर्नेछ। यद्यपि, लाभांश वितरणका लागि नियामकीय स्वीकृति र वार्षिक साधारण सभाको अनुमोदन आवश्यक हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। त्यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया