ताप्लेजुङमा एमालेले दुई नेतालाई निलम्बन, महाधिवेशन प्रतिनिधि निर्वाचनमा अवरोध
- BFIS News
- 2025 Dec 03 14:51
फुङलिङ, मंसिर १६ – नेकपा (एमाले) ले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ। ११औँ महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियामा साङ्घातिक हमला भएको आरोप लाग्दै उनीहरूलाई कारबाही गरिएको हो।
कोशी प्रदेश कमिटीले कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य तथा पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमू लाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरी उक्त अवधिका लागि निलम्बन गरेको जनाएको छ।
निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि साङ्घातिक हमला भएको र निर्वाचन प्रक्रियामा अवरोध खडा गरिएको जिल्लाको सिफारिसअनुसार कारबाही गरिएको पत्रमा उल्लेख छ। ताप्लेजुङ एमालेले महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा छनोट गरेको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)









.jpeg)





प्रतिक्रिया