NIMB Header 2
Nepal Life

एनएमबी बैंकले १०५ आनामा बनेको आफ्नै भवनमा कर्पोरेट कार्यालय राख्ने, एक अर्ब २१ करोडमा खरिद

National Life
  • BFIS News
  • 2023 Oct 01 10:53
एनएमबी बैंकले १०५ आनामा बनेको आफ्नै भवनमा कर्पोरेट कार्यालय राख्ने, एक अर्ब २१ करोडमा खरिद
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर एकमा एक अर्ब २१ करोड लागतमा कर्पोरेट कार्यालय प्रयोजनका लागि भवन खरिद गर्ने भएको छ । बैंकले १०५.५६ आनामा बनेको भवन खरिद गर्न थालेको हो ।

Shikhar
NIMB

बैंकको असोज १० गते बुधबार दिनको साढे चार बजे बसेको सञ्चालक समितिको बैठकले बैंकको कर्पोरेट कार्यालय भवन निर्माण गर्ने उद्देश्यले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नंबर एक स्थित कुल क्षेत्रफल १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचना समेत गरी कुल एक अर्ब २१ करोड ३९ लाख ६८ हजारमा खरिद गर्ने निर्णय गरेको हो ।

बैंकको नाममा नामसारी/दाखिल खारेज भइ आए पश्चात उपरोक्त रकम भुक्तान गर्ने निर्णय भएको बैंकले जनाएको छ । बैंकको हालको कर्पोरेट बबरमहलमा रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया