NIMB Header 2
Nepal Life

एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 07 10:01
एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै
Everest Bank

काठमाडौँ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुने भएको छ।

Shikhar
NIMB

अपराह्न ३:३० बजे हुने उक्त खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। ६–६ खेलबाट समान दुई अंक मात्र जोडेका दुवै टोली अघिल्लो चरणको दौडबाट बाहिरिसकेकाले यो खेल उनीहरूका लागि प्रतिष्ठाको रूपमा रहनेछ।

यसअघि प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायर चरणमा प्रवेश गरिसकेका छन् भने काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया