NIMB Header 2
Nepal Life

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 07 10:04
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
Everest Bank

काठमाडौँ ।  बाढीबाट क्षतिग्रस्त भएको रसुवागढी जलविद्युत आयोजना मर्मतपछि आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ।

Shikhar
NIMB

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको यो आयोजना गत असार २४ गते बिहान तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विस्फोटनपछि आएको भीषण बाढीले ठूलो क्षति बेहोरेको थियो।

हेडवर्क्स क्षेत्रमा आवश्यक मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन) गरेर विद्युतगृहमा रहेका तीनमध्ये एक युनिट शनिबारदेखि सञ्चालनमा ल्याइिएको छ। आयोजनाको जडान क्षमता १११ मेगावाट रहेको छ, जसअन्तर्गत एक युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन सुरु भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बाँकी दुई युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी छ। हेडवर्क्स क्षेत्रको बाँकी पुनर्निर्माण कार्य आगामी वर्षायाम अघि नै पूरा गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए। “प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको निरन्तर प्रयासका कारण आयोजना फेरि सञ्चालनमा ल्याउन सफलता मिल्यो,” सिलवालले भने, “अहिलेको उत्पादनले हिउँदयामको विद्युत माग व्यवस्थापनमा सहजता ल्याउनेछ।”

असारमा आएको बाढीले हेडवर्क्समा काठ, झार, बोटबिरुवालगायत सामग्री रोक्ने मेसिन, गेटलगायत उपकरण बगाएको थियो। नियन्त्रण भवनमा करिब दुई मिटर लेदो थुप्रिएको थियो भने ठूलो मात्रामा ढुंगा आएर संरचनामा क्षति पुर्याएको थियो। सुरुङतर्फ पानी पठाउने संरचना भत्किएका थिए। त्यस्तै, टेलरेसमा पानी जम्मा भई टर्वाइन रहेको तला समेत पूरा डुबानमा परेको थियो।

घटनाको दिन हेडवर्क्स र आवास क्षेत्रबाट २२ जना कर्मचारीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। कर्मचारी आवास पूर्ण रूपमा बगाएको थियो। त्यस्तै, स्याफ्रुबेंसीदेखि आयोजना स्थलसम्मको मुख्य राजमार्ग पनि विभिन्न स्थानमा पहिरोले अवरुद्ध बनेको थियो।

रसुवागढी जलविद्युत आयोजनाले १६ पुस २०७९ देखि व्यवसायिक उत्पादन सुरु गरेको थियो। तर, असारमा आएको बाढीपछि उत्पादन बन्द भएको थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक करिब ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने अनुमान छ। विद्युत बिक्रीबाट कम्पनीले বছरिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया