NIMB Header 2
Nepal Life

रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला, प्रतिकित्ता ८२०.८० रुपैयाँ पर्ने

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 08 10:54
रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला, प्रतिकित्ता ८२०.८० रुपैयाँ पर्ने
Everest Bank

काठमाडौं। रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आजदेखि (मंसिर २२ गते) वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले नेपाल सरकारका सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेपछि विदेशी रोजगारमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ ल्याएको हो।

Shikhar
NIMB

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्दैछ। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आवेदन दिनुपर्नेछ।

यसअघि बुक बिल्डिङ्ग प्रक्रियामा बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको कूल ७ लाख ७० हजार ६४० कित्ता शेयरको कटअफ मूल्य ९१२ रुपैयाँ तोकिएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारण (वैदेशिक रोजगार) का लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा मंसिर २५ गतेसम्म खुला रहनेछ। त्यतिबेला सम्ममा पूर्ण आवेदन नपरेमा अवधि पुस ७ गतेसम्म लम्बिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत, तथा सिडिएस एण्ड क्लियरिङ संचालित ‘मेरो शेयर’ अनलाइन प्रणाली मार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले शेयर निष्काशनका लागि ‘CARE NP Single A– (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीमा समयमै सुरक्षित रुपमा वित्तीय दायित्व बहन गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ।

रोजगारदाता उद्योगका रूपमा समेत ठूलो मानिने रिलायन्स स्पिनिङ्ग मिल्सले उत्पादन गर्ने धागोमध्ये ७०–७५ प्रतिशत भारत, टर्की, भियतनाम, यूकेलगायतका मुलुकमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्। मुख्य उद्योग इटहरी नगरपालिका–१२, खनार र शाखा उद्योग इटहरी नगरपालिका–४, दुहाबि, सुनसरीमा अवस्थित छन्।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया