NIMB Header 2
Nepal Life

रोटरीको निःशुल्क आँखा शिविर, ५९ जनाले दृष्टि पाए

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 08 15:33
रोटरीको निःशुल्क आँखा शिविर, ५९ जनाले दृष्टि पाए
Everest Bank

काठमाडौं। रोटरी इन्टरनेशनलको ‘युनाइट फर गुड’ अभियानअन्तर्गत रोटरी क्लब अफ हेटौंडाको पहल तथा समन्वयमा रोटरी डिस्ट्रिक ३२९२ का १६२ क्लब मध्ये १५ ओटा क्लबले पाँचदिने निःशुल्क आँखा जाँच तथा जर्सरी क्याम्प’ सम्पन्न गरेका छन् ।

Shikhar
NIMB

रोटरी क्लब अफ हेटौंडा, रोटरी क्लब अफ बाग्मती काठमाडौं, रोटरी क्लब अफ बालाजु, रोटरी क्लब अफ गोंगबु, रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ काठमाडौं सर्कल, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, रोटरी क्लब अफ काठमाडौं हाइट, रोटरी क्लब अफ काठमाडौं मेट्रो, रोटरी क्लब अफ मध्यपुर, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ पाटन, रोटरी क्लब अफ राजधानी, रोटरी क्ल ब अफ यल, रोटरी क्लब अफ तिनकुनेको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन भएको हो ।

शिविरले मकवानपुरको इन्द्रसरोवर क्षेत्रका स्थानीयलाई निःशुल्क तथा गुणस्तरीय आँखा सेवा उपलब्ध गराएको आयोजकको भनाइ छ। मङ्सिर १७ देखि २१ गतेसम्म सञ्चालन भएको पाँचदिने कार्यक्रममा स्क्रिनिङदेखि मोतियाविन्दु शल्यक्रियासम्मका सेवा प्रदान गरिएको थियो।

पहिलो तीन दिन चलाएको स्क्रिनिङ अभियानमा इन्द्रसरोवर क्षेत्रका पाँच स्थानमार्फत ३५० जनाको विस्तृत आँखा परीक्षण गरिएको बताइएको छ। परीक्षणका क्रममा ६७ जनामा मोतियाविन्दुको समस्या पत्ता लागेको थियो, जसमा ३ जनामा दुवै आँखामा गम्भीर समस्या रहेको पाइएको छ।

मङ्सिर २० मा कुलेखानी–३ स्थित खानीखेत स्वास्थ्य चौकीमा आयोजित शल्यक्रिया शिविरमा ५९ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सम्पन्न गरिएको हो, तीमध्ये दुवै आँखामा समस्या भएका ३ जनाको दुवै आँखाको सफल अपरेशन सामुदायिक आँखा अस्पताल हेटौंडाको नेत्र विशेषज्ञ डा. सुनिल थकाली नेतृत्वको प्राविधिक टोलीले सम्पन्न गरेको अस्पताल प्रशासनले जनाएको छ।

शिविरले इन्द्रसरोवर गाउँपालिकाका वृद्धवृद्धाबाट विशेष प्रतिफल पाएको आयोजकको भनाइ छ ।  भालुखर्क–२ का ८१ वर्षीय सानुकान्छा स्याङ्तान, जो दुवै आँखामा मोतियाविन्दुका कारण दुई वर्षदेखि हिँडडुल गर्नसमेत असमर्थ थिए, सफल शल्यक्रियापछि निकै उत्साहित देखिए। ‘आँखा देख्न छाडिसकेको थिएँ, अहिले फेरि जीवन फर्किएको जस्तै भयो,’ स्याङ्तानले भने।

अभियानअन्तर्गत शल्यक्रिया गरिएका सबै बिरामीको मङ्सिर २१ मा ‘आइ ओपनिङ डे’ मनाउँदै पुनः स्वास्थ्य परीक्षण गरिएको तथा आवश्यक परामर्श प्रदान गरिएको सामुदायिक आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले बताए। यस अभियानमा रोटरी क्लब अफ हेटौंडा, सामुदायिक आँखा अस्पताल हेटौंडा, इन्द्रसरोवर गाउँपालिका र रोटरी डिस्ट्रिक ३२९२ का १५ क्लबहरूको सहकार्य रहेको थियो।

पाँच दिनसम्म स्थानीय समुदायमा देखिएको उत्साह, सहभागिता र प्रत्यक्ष प्रतिफलले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको आयोजक समितिले जनाएको छ। रोटरी क्लब अफ गोङगबु का अध्यक्ष रोटेरियन राजा राम फुयालले भने, ‘गिफ्ट अफ साइट केवल शल्यक्रिया कार्यक्रम मात्र होइन, यो जीवनमा पुनः प्रकाश फर्किने आशा हो।’

दृष्टिदानभन्दा ठूलो परोपकार अरू केही हुँदैन भन्ने विश्वासका साथ हामीले यो अभियान अघि बढाएको उनको भनाइ छ। ‘१५ क्लबको एकताबद्ध प्रयास, स्थानीय सरकारको सक्रिय साथ, नेपाल आर्मीको स्वयम सेवक र सामुदायिक आँखा अस्पतालको समर्पित टीमका कारण आज ५९ जनाले फेरि संसार देख्न पाएका छन्,’ उनले भने।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया