NIMB Header 2
Nepal Life

डिप्रोक्स लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 11 13:15
डिप्रोक्स लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
Everest Bank

काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Shikhar
NIMB

मंसिर २५ गते बसेको संस्थाको ३८५औँ सञ्चालक समिति बैठकले चुक्ता पूँजी रु. १ अर्ब ८६ को आधारमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्ताव अनुसार १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

संस्थाले वितरण गर्ने लाभांश रकम २८ करोड २ लाख रहनेछ। जसमा १८ करोड ६८  लाख बराबरको बोनस शेयर र ९ करोड ३४ लाख बराबरको नगद लाभांश वितरण गर्ने छ।  

संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आउँदो वार्षिक साधारण सभाको अनुमोदनपछि मात्र शेयरधनीले पाउनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया