NIMB Header 2
Nepal Life

कुमारी बैंकका ५ नयाँ शाखा सञ्चालनमा

National Life
  • BFIS News
  • 2023 Oct 02 04:17
कुमारी बैंकका ५ नयाँ शाखा सञ्चालनमा
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले काठमाडौंको कपन, सीतापाइला र डल्लु तथा ललितपुरको भैंसेपाटी र टौखेल गरी ५ स्थानमा शुक्रवारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

Shikhar
NIMB

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । आगामी दिनमा पनि थप शाखाहरू विस्तार गर्ने बैंकको योजना छ । 

२२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको जनाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया