NIMB Header 2
Nepal Life

बैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाको राष्ट्रव्यापी क्रेज, २०६४ को पुनराबृत्ती हुने अनुमान: हेर्नुहोस् उम्मेदवार

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 20 22:14
बैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाको राष्ट्रव्यापी क्रेज, २०६४ को पुनराबृत्ती हुने अनुमान: हेर्नुहोस् उम्मेदवार
National Life

काठमाडौं। बैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा स्थापित हुँदै गएको छ। देशभर रास्वपाका उम्मेदवारप्रति देखिएको उत्साह र जनआकर्षणका कारण प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Shikhar
NIMB

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनमा २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) ले सिर्जना गरेको जनलहर जस्तै क्रेज रास्वपाले दोहोर्याउन सक्ने सम्भावना देखिएको छ। यसले ठूला र स्थापित दलका चर्चित नेताहरूलाई समेत अप्रत्याशित हारको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने अनुमान गरिएको छ।

रास्वपाले देशभरका १६४ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ। तर हिमाली जिल्ला मनाङमा भने रास्वपाको उम्मेदवारी परेन। पार्टीले मनाङबाट अनिल गुरुङलाई टिकट दिएको भए पनि उनले अन्तिम समयमा उम्मेदवारी दर्ता नगरेका हुन्। रास्वपाका केन्द्रीय नेताहरूका अनुसार गुरुङ टिकट लिएपछि सम्पर्कविहीन भएका थिए।

मनाङका प्रमुख निर्वाचन अधिकृत रामप्रसाद पौडेलले रास्वपाबाट उम्मेदवारी दर्ता गर्न कोही पनि नआएको जानकारी दिए। उनका अनुसार मनाङमा पाँच वटा राजनीतिक दलका उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ, नेकपाबाट यशोदा गुरुङ सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुविरसिंह गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर घले उम्मेदवार रहेका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेतृत्वसहित अधिकांश केन्द्रीय नेताहरू प्रत्यक्ष निर्वाचनमा होमिएका छन्। मंगलबार पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, महामन्त्रीद्वय सुनीलकुमार लम्साल र कविन्द्र बुर्लाकोटीलगायतले उम्मेदवारी दर्ता गराएका छन्।

सभापति लामिछाने चितवन–२ र वरिष्ठ नेता शाह झापा–५ बाट उम्मेदवार बनेका छन्। उपसभापति अर्याल काठमाडौं–९ र वाग्ले तनहुँ–१ बाट उम्मेदवार बनेका छन् भने महामन्त्री लम्साल रूपन्देही–१ बाट उम्मेदवार छन्। बुर्लाकोटी साविककै निर्वाचन क्षेत्र गोरखा–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सहमहामन्त्री विपिन आचार्य दाङ–२ बाट उम्मेदवार बनेका छन्।

त्यस्तै केन्द्रीय नेताहरू सोबिता गौतम चितवन–३, हरि ढकाल चितवन–१, तोसिमा कार्की ललितपुर–३, शिशिर खनाल काठमाडौं–६, गणेश पराजुली काठमाडौं–७ र विराजभक्त श्रेष्ठ काठमाडौं–९ बाट उम्मेदवार बनेका छन्।

रास्वपाको व्यापक उपस्थितिले यसपटकको निर्वाचनलाई थप रोचक बनाएको छ भने नेपाली राजनीतिमा वैकल्पिक शक्तिको खोजीमा रहेका मतदाताको ध्यान उल्लेख्य रूपमा आकर्षित गरेको देखिन्छ।

१) ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ

२) पाँचथर – महेन्द्रविक्रम थाम्सुहाङ

३) इलाम–१ – विमल गदाल

४) इलाम–२ – गोकुलबहादुर राई

५) झापा–१ – निशा डाँगी

६) झापा–२ – इन्दिरा रानामगर

७) झापा–३ – प्रकाश पाठक

८) झापा–४ – शम्भु सुस्केरा

९) झापा–५ – बालेन्द्र शाह

१०) संखुवासभा – मिङ्मा शेर्पा

११) तेह्रथुम – सुरेन्द्र कार्की

१२) भोजपुर – रमेशप्रसाद ओझा

१३) धनकुटा – दिनेश भण्डारी

१४) मोरङ–१ – यज्ञमणि न्यौपाने

१५) मोरङ–२ – कृष्णकुमार कार्की

१६) मोरङ–३ – गणेश कार्की

१७) मोरङ–४ – सन्तोष राजवंशी

१८) मोरङ–५ – आशा झा

१९) मोरङ–६ – रूबिना आचार्य

२०) सुनसरी–१ – सरिन तामाङ (गोमा)

२१) सुनसरी–२ – लालविक्रम

२२) सुनसरी–३ – अशोक चौधरी

२३) सुनसरी–४ – दीपककुमार शाह

२४) सोलुखुम्बु – ऋषिधन राई

२५) खोटाङ – रुद्र गिरी

२६) ओखलढुंगा – विश्वराज पोखरेल

२७) उदयपुर–१ – पारश गेलाल

२८) उदयपुर–२ – सूर्यबहादुर तामाङ

२९) दोलखा – जगदीश खरेल

३०) रामेछाप – कृष्णहरि बुढाथोकी

३१) सिन्धुली–१ – धनेन्द्र कार्की

३२) सिन्धुली–२ – आशिष गजुरेल

३३) रसुवा – वसन्त भट्ट

३४) धादिङ–१ – आशिका तामाङ

३५) धादिङ–२ – बोधनारायण श्रेष्ठ

३६) नुवाकोट–१ – डा विक्रम तिमिल्सिना

३७) नुवाकोट–२ – डा अच्युतम लामिछाने

३८) काठमाडौं–१ – रञ्जु दर्शना

३९) काठमाडौं–२ – सुनील केसी

४०) काठमाडौं–३ – राजु पाण्डे

४१) काठमाडौं–४ – पुकार बम

४२) काठमाडौं–५ – सस्मित पोखरेल

४३) काठमाडौं–६ – शिशिर खनाल

४४) काठमाडौं–७ – गणेश पराजुली

४५) काठमाडौं–८ – विराजभक्त श्रेष्ठ

४६) काठमाडौं–९ – डोलप्रसाद अर्याल

४७) काठमाडौं–१० – प्रदीप विष्ट

४८) भक्तपुर–१ – रूकेश रञ्जित

४९) भक्तपुर–२ – राजीव खत्री

५०) ललितपुर–१ – बुद्धरत्न महर्जन

५१) ललितपुर–२ – जगदीश खरेल

५२) ललितपुर–३ – डा तोसिमा कार्की

५३) काभ्रेपलाञ्चोक–१ – मधुकुमार चौलागाईं

५४) काभ्रेपलाञ्चोक–२ – बदनकुमार भण्डारी

५५) सिन्धुपाल्चोक–१ – भरतप्रसाद पराजुली

५६) सिन्धुपाल्चोक–२ – अजय श्रेष्ठ

५७) मकवानपुर–१ – प्रकाश गौतम

५८) मकवानपुर–२ – प्रशान्त उप्रेती

५९) चितवन–१ – हरि ढकाल

६०) चितवन–२ – रवि लामिछाने

६१) चितवन–३ – सोबिता गौतम

६२) गोरखा–१ – सुदन गुरूङ

६३) गोरखा–२ – कविन्द्र बुर्लाकोटी

६४) मनाङ – अनील गुरूङ (उम्मेदवारी दिएनन्)

६५) लम्जुङ – धर्मराज केसी

६६) कास्की–१ – खडकराज पौडेल

६७) कास्की–२ – उत्तम पौडेल

६८) कास्की–३ – बीना गुरूङ

६९) तनहुँ–१ – स्वर्णिम वाग्ले

७०) तनहुँ–२ – श्रीराम न्यौपाने

७१) स्याङ्जा–१ – धनञ्जय रेग्मी

७२) स्याङ्जा–२ – झविलाल डुम्रे

७३) नवलपुर–१ – राजन गौतम

७४) नवलपुर–२ – मनीष खनाल

७५) मुस्ताङ – आदित्य थकाली

७६) म्याग्दी – युवराज रोका

७७) बाग्लुङ–१ – सुशील खड्का

७८) बाग्लुङ–२ – सोम शर्मा

७९) पर्वत – सागर भुसाल

८०) गुल्मी–१ – सागर ढकाल

८१) गुल्मी–२ – गोबिन्द पन्थी

८२) पाल्पा–१ – विमल पन्त

८३) पाल्पा–२ – माधव थापा

८४) अर्घाखाँची – हरिप्रसाद भुसाल

८५) नवलपरासी–१ – विक्रम खनाल

८६) नवलपरासी–२ – नरेन्द्रकुमार गुप्ता

८७) रूपन्देही–१ – सुनील लम्साल

८८) रूपन्देही–२ – सुलभ खरेल

८९) रूपन्देही–३ – लेखजङ्ग थापा

९०) रूपन्देही–४ – कनया बनया

९१) रूपन्देही–५ – ताफिक अहमद खान

९२) कपिलवस्तु–१ – मोहन आचार्य

९३) कपिलवस्तु–२ – विक्रम थापा

९४) कपिलवस्तु–३ – प्रकाश रजौरिया

९५) पूर्वीरूकुम – लखन थापा

९६) रोल्पा – बलराम थापा

९७) प्यूठान – सुशान्त बैदिक

९८) दाङ–१ – देवराज पाठक

९९) दाङ–२ – विपिन आचार्य

१००) दाङ–३ – कमल सुवेदी

१०१) बाँके–१ – सुरेश चौधरी

१०२) बाँके–२ – विवेक श्रेष्ठ

१०३) बाँके–३ – खगेन्द्र सुनार

१०४) बर्दिया–१ – ठाकुरसिंह थारू

१०५) बर्दिया–२ – श्रीधर पोखरेल

१०६) सल्यान – ललितकुमार चन्द

१०७) डोल्पा – देवसिंह ऐडी

१०८) मुगु – राजेन्द्रबहादुर शाही

१०९) जुम्ला – विनिता कठायत

११०) कालिकोट – प्रकाश न्यौपाने

१११) हुम्ला – टासी ल्हाजोम

११२) जाजरकोट – राघव कार्की

११३) दैलेख–१ – एनके बस्नेत

११४) दैलेख–२ – बखतबहादुर शाही

११५) सुर्खेत–१ – टेकबहादुर सिंह ठकुरी

११६) सुर्खेत–२ – रमेश सापकोटा

११७) पश्चिम रूकुम – मनबहादुर शाही

११८) बाजुरा – हेमराज थापा

११९) अछाम–१ – ओमप्रकाश रावल

१२०) अछाम–२ – भूपदेव शाह

१२१) बझाङ – शैलेशकुमार सिंह

१२२) डोटी – नरेन्द्रबहादुर खड्का

१२३) कैलाली–१ – कोमल ज्ञवाली

१२४) कैलाली–२ – केपी खनाल

१२५) कैलाली–३ – जगतप्रसाद जोशी

१२६) कैलाली–४ – खेमराज कोइराला

१२७) कैलाली–५ – आनन्द चन्द

१२८) दार्चुला – राजेशसिंह सामन्त

१२९) बैतडी – हरिमोहन भण्डारी

१३०) डडेलधुरा – डा तारा जोशी

१३१) कञ्चनपुर–१ – जनकसिंह धामी

१३२) कञ्चनपुर–२ – दीपक बोहरा

१३३) कञ्चनपुर–३ – ज्ञानेन्द्र महतारा

१३४) सिराहा–१ – बब्लु गुप्ता

१३५) सिराहा–२ – शिवशंकर यादव

१३६) सिराहा–३ – डा शम्भु यादव

१३७) सिराहा–४ – तपेश्वर यादव

१३८) धनुषा–१ – किशोरी साह

१३९) धनुषा–२ – रामविनोद साह

१४०) धनुषा–३ – मनीषा झा

१४१) धनुषा–४ – राजकिशोर महतो

१४२) महोत्तरी–१ – प्रमोद महतो

१४३) महोत्तरी–२ – दीपक साह

१४४) महोत्तरी–३ – उज्ज्वल झा

१४५) महोत्तरी–४ – गौरीकुमारी यादव

१४६) सर्लाही–१ – नितिमा कार्की

१४७) सर्लाही–२ – रविन महतो

१४८) सर्लाही–३ – नरेन्द्र साह कलवार

१४९) सर्लाही–४ – अमरेश सिंह

१५०) रौतहट–१ – राजेश चौधरी

१५१) रौतहट–२ – शेख सगिर

१५२) रौतहट–३ – धीरज पटेल

१५३) रौतहट–४ – गणेश पौडेल

१५४) बारा–१ – गणेश धिमाल

१५५) बारा–२ – चन्दन सिंह

१५६) बारा–३ – अरबिन्द साह

१५७) बारा–४ – रहवर अन्सारी

१५८) पर्सा–१ – हरि पन्त

१५९) पर्सा–२ – सुशील पटेल

१६०) पर्सा–३ – रमाकान्त चौरसिया

१६१) पर्सा–४ – टेक शाक्य

१६२) सप्तरी–१ – पुष्पा चौधरी

१६३) सप्तरी–२ – रामजी यादव

१६४) सप्तरी–३ – उमाकान्त चौधरी

१६५) सप्तरी–४ – सीताराम साह 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया