NIMB Header 2
Nepal Life

कृतिम मूल्य बढाएर अर्बौँ उठाएको आरोपमा रिलायन्स स्पिनिङ विरुद्ध नियामकको ध्यानाकर्षण

National Life
  • BFIS News
  • 2026 Jan 23 09:58
कृतिम मूल्य बढाएर अर्बौँ उठाएको आरोपमा रिलायन्स स्पिनिङ विरुद्ध नियामकको ध्यानाकर्षण
Sanima Reliance

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको बुक बिल्डिङ प्रक्रियामा गम्भीर अनियमितता र कानुनी उल्लङ्घन भएको आरोप लगाउँदै एक सचेत लगानीकर्ताले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

Shikhar
NIMB

लगानीकर्ता खगेन्द्र राज कंडेल (रबिन) ले रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियाको नाममा सेयरको मूल्य कृत्रिम रूपमा बढाई सर्वसाधारणबाट अर्बौँ रुपैयाँ उठाएको दाबी गर्दै नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा सम्बन्धित नियामक निकायमा निवेदन दर्ता गराएका हुन्।

कंडेलले बुझाएको निवेदनमा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मूल्य निर्धारण प्रक्रियामा गैरकानुनी, अनैतिक तथा लगानीकर्ताको हितविपरीत कार्य भएको उल्लेख गरिएको छ। उनका अनुसार बुक बिल्डिङ प्रक्रिया सम्पन्न भई कट–अफ मूल्य तोकिइसकेको र सर्वसाधारणको पूँजी प्रत्यक्ष जोखिममा परिसकेको अवस्थामा नियामक निकायले दोषी पहिचान गरी कडा कारबाही गर्नुपर्ने दायित्व रहेको छ।

निवेदनमा उल्लेख भएअनुसार योग्य संस्थागत लगानीकर्ताहरू (QII) ले कम्पनीको गम्भीर वित्तीय जोखिमलाई बेवास्ता गर्दै अत्यधिक मूल्यमा बोलकबोल गरेका छन्। कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड ३६ लाख रुपैयाँ बराबरको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता वित्तीय विवरणमा Provision नगरी नाफा बढाएर देखाएको, साथै कम्पनीको ६० प्रतिशतभन्दा बढी नाफा अस्थायी सरकारी निर्यात प्रोत्साहनमा निर्भर रहेको तथ्यलाई नजरअन्दाज गरिएको आरोप छ।

यस्ता जोखिम हुँदाहुँदै पनि योग्य संस्थागत लगानीकर्ताहरूको सामूहिक बोलकबोलबाट प्रतिकित्ता ९१२ रुपैयाँको कट–अफ मूल्य कायम गराई सर्वसाधारणका लागि ८२० रुपैयाँ ८० पैसामा सेयर निष्कासन गरिएको निवेदनमा उल्लेख छ। कंडेलका अनुसार यी कार्यहरू धितोपत्र ऐन, २०६३, बुक बिल्डिङ निर्देशिका, २०७७ तथा संस्थागत लगानीकर्ताको आचारसंहिताको प्रत्यक्ष उल्लङ्घन हुन्।

निवेदनमा बुक बिल्डिङ प्रक्रियामा संलग्न १८ योग्य संस्थागत लगानीकर्ताहरूको नामसमेत सार्वजनिक गरिएको छ। तीमध्ये हिमालयन क्यापिटल, आकाश क्यापिटल, सनराइज क्यापिटल, गरिमा क्यापिटल, सिद्धार्थ क्यापिटल, एनआईसी एशिया तथा सनराइजका विभिन्न म्युचुअल फण्डहरू लगायत रहेका छन्। कंडेलले यी संस्थाहरूलाई “Professional Gatekeepers” का रूपमा वर्णन गर्दै उनीहरूको निर्णयको प्रत्यक्ष असर सर्वसाधारण लगानीकर्तामाथि परेको बताएका छन्।

निवेदनमा संस्था मात्र होइन, बुक बिल्डिङ निर्णयमा संलग्न क्यापिटल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO), फण्ड म्यानेजर, इन्भेष्टमेन्ट कमिटीका सदस्य तथा आधिकारिक हस्ताक्षरकर्तामाथि समेत व्यक्तिगत कानुनी जवाफदेहिता तोक्नुपर्ने माग गरिएको छ।

कंडेलले नियामक निकायसमक्ष १८ वटै QII को बुक बिल्डिङ निर्णय प्रक्रिया र Due Diligence माथि विशेष छानबिन समिति गठन गर्न, उल्लङ्घन पुष्टि भएमा आर्थिक जरिवाना, कारोबार निलम्बन वा लाइसेन्ससम्बन्धी कारबाही गर्न तथा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया खारेज वा पुनर्मूल्याङ्कन गर्न माग गरेका छन्।

उनले भविष्यमा यस्ता अनियमितता दोहोरिन नदिन योग्य संस्थागत लगानीकर्ताको व्यक्तिगत उत्तरदायित्व स्पष्ट गर्न र गम्भीर वा दोहोरिने उल्लङ्घनमा बुक बिल्डिङ प्रक्रियामा सहभागितामाथि प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन्।

निवेदनको बोधार्थ अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत सम्बन्धित निकायहरूलाई समेत पठाइएको छ। कंडेलले यो विषय नेपालको पूँजी बजारको विश्वसनीयता, पारदर्शिता र सर्वसाधारण लगानीकर्ताको संरक्षणसँग प्रत्यक्ष जोडिएको गम्भीर मुद्दा भएको उल्लेख गर्दै नियामक निकायले शीघ्र, निष्पक्ष र प्रभावकारी कारबाही गर्ने विश्वास व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया