NIMB Header 2
Nepal Life

नेपाल व्यवस्थापन संघको ४५औँ वार्षिक साधारण सभा तथा नेशनल म्यानेजमेन्ट कन्भेन्सन २०२६ सम्पन्न

National Life
  • BFIS News
  • 2026 Feb 08 10:51
नेपाल व्यवस्थापन संघको ४५औँ वार्षिक साधारण सभा तथा नेशनल म्यानेजमेन्ट कन्भेन्सन २०२६ सम्पन्न
Sanima Reliance

काठमाडौं — नेपाल व्यवस्थापन संघ (Management Association of Nepal–MAN) को ४५औँ वार्षिक साधारण सभा तथा नेशनल म्यानेजमेन्ट कन्भेन्सन २०२६ आज मिति २०८२ माघ २४ गते काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। व्यवस्थापन क्षेत्रमा ४५ वर्षदेखि सक्रिय योगदान दिँदै आएको संघले आफ्नो स्वर्णिम इतिहाससहित वार्षिक कार्यक्रम आयोजना गरेको हो।

Shikhar
NIMB

समारोहको समुद्घाटन प्रमुख अतिथि सम्माननीय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका थिए। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशको समग्र विकास, संस्थागत सुदृढीकरण र सुशासनका लागि दक्ष र व्यावसायिक व्यवस्थापन प्रणाली अनिवार्य रहेको बताए। उनले सार्वजनिक र निजी दुवै क्षेत्रका संस्थामा प्रभावकारी व्यवस्थापन अभ्यासको आवश्यकता औंल्याए।

एकदिने कार्यक्रममा विभिन्न विषयगत सत्रहरू सञ्चालन गरिएका थिए। पहिलो सत्र “Alternative Financing in Nepal” विषयमा केन्द्रित रह्यो, जहाँ नेपालमा वैकल्पिक वित्तीय स्रोत, लगानी संरचना र नयाँ वित्तीय उपकरणबारे विज्ञहरूले धारणा राखेका थिए।

कार्यक्रमको दोस्रो सत्र संघका अध्यक्ष मोहन राज ओझाको अध्यक्षतामा ४५औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो। साधारण सभाले वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा आगामी कार्ययोजना अनुमोदन गरेको संघले जनाएको छ।

सोही अवसरमा नेपाल व्यवस्थापन संघद्वारा प्रदान गरिने विभिन्न प्रतिष्ठित पुरस्कारहरू घोषणा तथा वितरण गरिएको थियो। यस वर्षको “म्यानेजर अफ द इयर” अवार्ड नीलेशमान सिंह प्रधानलाई प्रदान गरिएको छ भने “जीवनकाल योगदान पुरस्कार” डा. युवराज खतिवडालाई प्रदान गरियो। त्यस्तै MAN-Citizens Aspiring Award २०२५ गौरव उप्रेतीले प्राप्त गरेका छन्।

कार्यक्रमकै क्रममा संघको २२औँ प्रबन्ध समितिको निर्वाचन पनि सम्पन्न भएको छ। निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत गुणराज भट्टका अनुसार सबै पदहरूमा निर्विरोध रूपमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरिएको छ।

नवनिर्वाचित पदाधिकारीहरूमा सभापतिमा हेम कुमारी अधिकारी, उपसभापतिमा जितेन्द्र धिताल (कर्मचारी सञ्चय कोष), उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, महासचिवमा इन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्षमा चंकी क्षेत्री (सगरमाथा लुम्बिनी इन्स्योरेन्स लि.) चयन भएका छन्।

त्यसैगरी कार्यकारी सदस्यहरूमा मधु पौडेल, बुद्धि कुमार मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थी, कृष्ण प्रसाद शर्मा र कृष्ण कुमार भट्टराई चयन भएका छन्।

संस्थागत सदस्यतर्फ उर्मिला श्रेष्ठ (साल्ट ट्रेडिङ कर्पोरेशन लि.), महेश शर्मा ढकाल (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.), देवेन्द्र रमण खनाल (राष्ट्रिय वाणिज्य बैंक लि.) र पर्वत कुमार कार्की (नागरिक लगानी कोष) निर्वाचित भएका छन्।

संघले व्यवस्थापन क्षेत्रको विकास, पेशागत क्षमता अभिवृद्धि तथा नीतिगत बहसलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया