NIMB Header 2
Nepal Life

फागुनका लागि वाणिज्य बैंकको मुद्दति निक्षेप ब्याजदर घट्यो

National Life
  • BFIS News
  • 2026 Feb 12 10:12
फागुनका लागि वाणिज्य बैंकको मुद्दति निक्षेप ब्याजदर घट्यो
Sanima Reliance

काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ मुद्दति निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्।

Shikhar
NIMB

प्रकाशित दर अनुसार माघको तुलनामा व्यक्तिगत र संस्थागत दुवै प्रकारका मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर घटेको देखिएको छ।

बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर माघमा ४.६८४५ प्रतिशत रहेकोमा फागुनका लागि ०.११५५ प्रतिशत बिन्दुले घटेर ४.५६९ प्रतिशत कायम भएको छ। संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम औसत दर ०.०५१५ प्रतिशत बिन्दुले घटेको छ।

फागुनका लागि ९ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ११ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। सबैभन्दा ठूलो कटौती ग्लोबल आइएमई बैंकले गरेको छ। उक्त बैंकको व्यक्तिगत मुद्दति निक्षेप दर ५.५ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा झरेको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा उच्च अधिकतम ब्याजदर नेपाल बैंकले ५.१ प्रतिशत तोकेको छ। सबैभन्दा कम अधिकतम दर ४.२५ प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकमा कायम छ।

संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ब्याजदर ४ प्रतिशत रहेको छ। यो दर हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले लागू गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार