नेपाली सेनाको वार्षिकोत्सवमा बर्दियामा बाल संरक्षण केन्द्रलाई सहयोग
- BFIS News
- 2026 Feb 15 22:57
गुलरिया (बर्दिया), फागुन ३ गते । नेपाली सेनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा बर्दियाको मधुवन नगरपालिका–१ पत्थरबोझीस्थित बालबालिका संरक्षण केन्द्रलाई खाद्यान्न, खेलकुद तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गणले सरस्वती आधारभूत विद्यालयले अनाथ तथा असहाय बालबालिकाका लागि सञ्चालन गर्दै आएको संरक्षण केन्द्रलाई उक्त सहयोग उपलब्ध गराएको हो । संरक्षण केन्द्रमा हाल ३५ जना बालबालिका आश्रित छन् ।
गणपति दिपेन्द्र शाहीका अनुसार स्थापना दिवसको अवसर पारेर दैनिक भान्सामा प्रयोग हुने दाल, चामल, चिनी, मसला, तेल लगायतका खाद्यान्न सामग्री, खेलकुद सामग्री तथा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो ।
निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले नेपाली सेनाले अनाथ तथा असहाय बालबालिकाको आवश्यकतालाई पहिचान गरी सहयोग गर्नु सकारात्मक र प्रशंसनीय कार्य भएको बताउनुभयो ।
विद्यालयका शिक्षक ताराप्रसाद वलीले विभिन्न निकायबाट प्राप्त सहयोगका कारण संरक्षण केन्द्र सञ्चालनमा सहजता आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार विद्यालयका बालबालिकालाई विभिन्न व्यक्ति, संघ–संस्था तथा सरकारी निकायबाट निरन्तर सहयोग प्राप्त हुँदै आएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया