प्रतिनिधिसभा निर्वाचन: आजदेखि औपचारिक प्रचार–प्रसार खुला
- BFIS News
- 2026 Feb 16 09:33
काठमाडौँ। फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि दल र उम्मेदवारहरूले औपचारिक रूपमा चुनावी प्रचार–प्रसार सुरु गर्न पाउने भएका छन्।
कानुनी व्यवस्थाअनुसार मतदान मितिभन्दा १५ दिनअघि मात्र चुनावी अभियान सञ्चालन गर्न अनुमति हुन्छ।
निर्वाचन तालिकाअनुसार अब मतदान हुन १५ दिन बाँकी रहेकाले आज फागुन ४ गतेदेखि प्रचार–प्रसार अवधि लागू भएको हो। यससँगै राजनीतिक दल तथा उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा लगायतका कार्यक्रम आयोजना गर्न सक्नेछन् भने सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन र प्रसारण गर्न पनि पाउनेछन्।
निर्वाचनसम्बन्धी आचारसंहिता पालना गर्दै फागुन १८ गते राति १२ बजेसम्म मत माग्ने र प्रचारात्मक कार्यक्रम सञ्चालन गर्न पाइने समयसीमा तोकिएको छ। त्यसपछि मौन अवधि लागू हुनेछ।
निर्वाचन आयोग नेपाल ले तोकेको मापदण्डअनुसार दल र उम्मेदवारले पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञापन प्रकाशन गरी प्रचार गर्न सक्ने व्यवस्था छ। आमसभा वा कोणसभा आयोजना गर्दा मञ्च व्यवस्थापनलगायत खर्चको विवरण भने सम्बन्धित उम्मेदवार वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान राखिएको छ।
आयोगले निर्वाचन अवधिमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध लक्षित गरी गलत सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट फैलाउन नपाइने स्पष्ट गरेको छ। यस्तो गतिविधिले निर्वाचन प्रक्रियामा प्रतिकूल असर पार्ने ठहर गरिने जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)







.jpg)









प्रतिक्रिया