Nepal Life

पेट्रोल र डिजेल–मट्टितेलको खुद्रा मूल्य समायोजन, नयाँ दर लागू

NMB Bank
  • BFIS News
  • 2026 Feb 16 09:37
पेट्रोल र डिजेल–मट्टितेलको खुद्रा मूल्य समायोजन, नयाँ दर लागू
National Life

काठमाडौँ। पेट्रोलियम पदार्थको खुद्रा मूल्य वृद्धि गरिएको छ।

Shikhar
NIMB

नयाँ दरअनुसार पेट्रोल र डिजेल/मट्टितेल दुवै इन्धनको प्रतिलिटर मूल्य बढाइएको हो, जसले देशभरका बिक्री केन्द्रमा संशोधित मूल्य लागू भएको छ।

नेपाल आयल निगम ले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको जनाएको छ। समायोजित मूल्य सूची सोमबार राति १२ बजेदेखि कार्यान्वयनमा आएको हो।

नयाँ दरअनुसार पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

डिजेल/मट्टितेलतर्फ पहिलो वर्गका लागि १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ। वर्गीकरण स्थानअनुसार लागू हुने निगमले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया