NIMB Header 2
Nepal Life

घरजग्गा धितो कर्जामा थप खुकुलो, फेयर मार्केट भ्यालुको ५० प्रतिशतसम्म पाउने

National Life
  • BFIS News
  • 2023 Oct 05 21:26
घरजग्गा धितो कर्जामा थप खुकुलो, फेयर मार्केट भ्यालुको ५० प्रतिशतसम्म पाउने
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा धितो कर्जामा थप खुकुलो पार्ने नीति लिएको छ । एकिकृत निर्देशन २०७९ संशोधन तथा परिमार्जन गर्ने क्रममा राष्ट्र बैंकले घरजग्गा धितोको मूल्याङ्कन  घर/जग्गा धितो राखी यस्तो नयाँ कर्जा प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा कर्जा र सोको धितो सुरक्षणको Fair Market Value बीचको अनुपात (Loan to Value Ratio) बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । यस भन्दा अगाडी ४० प्रतिशत मात्रै पाइन्थ्यो । 

Shikhar
NIMB

बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा (Overdraft), धितो कर्जा (Mortgage Loan), सम्पत्ति कर्जा (Property Loan), व्यक्तिगत आवधिक कर्जा (Personal Term Loan), सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरु प्रति ग्राहक रु. ५० लाखसम्म मात्र प्रवाह गर्न सक्नेछन् । घर/जग्गा धितो राखी यस्तो नयाँ कर्जा प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा कर्जा र सोको धितो सुरक्षणको Fair Market Value बीचको अनुपात (Loan to Value Ratio) बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले रु. ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनपुर्नेछ । तर, यो व्यवस्था इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह हुने कर्जाको हकमा अनिवार्य हुने छैन ।

इजाजतपत्रप्राप्त संस्थाहरुले सम्बन्धित ऋणीबाट लेना रकम असुलउपर गर्दा सर्वप्रथम असुलउपर गर्नुपर्ने ब्याज रकम सम्पूर्ण रुपमा असुलउपर गर्नु पर्ने छ र बाँकी रकम साँवामा आवश्यक हिसावमिलान गर्नु पर्नेछ । किस्ताबन्दीमा चुक्ता गर्ने गरी प्रवाह भएको कर्जाको हकमा वक्यौता किस्ताका आधारमा सबै भन्दा पुरानो किस्ता असुलउपर गर्नका लागि बाधा पर्ने छैन ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया