गरिमा क्यापिटल लिमिटेडले दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ निष्काशन गर्ने
- BFIS News
- 2026 Feb 23 11:46
काठमाडौं । गरिमा क्यापिटल लिमिटेड ले आफ्नो दोस्रो म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ निष्काशन गर्ने भएको छ। कम्पनीले १ अर्ब रुपैयाँ आकारको उक्त योजना सार्वजनिक निष्काशनमा ल्याउन लागेको जनाएको छ।
क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउनेछ। निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंक लाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ करोड रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ।
यो खुलामुखी (ओपन–एन्डेड) योजना भएकाले प्रारम्भिक निष्काशनपछि बाँकी इकाईहरू सामूहिक लगानी कोष नियमावली बमोजिम योजना व्यवस्थापकले तोकेको वितरण प्रणालीमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ।
उक्त योजनाको इकाईका लागि फागुन २८ गतेदेखि आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनामा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा चैत १२ गतेसम्म आवेदन म्याद थप गरिने जानकारी क्यापिटलले दिएको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक पनि गरिमा क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेड द्वारा सञ्चालित ‘मेरो शेयर’ वेब तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)












.jpg)




प्रतिक्रिया