Nepal Life

सानिमा बैंकमा रोजगारीको अवसर, सिएदेखि ट्रेनि असिस्टेन्टसम्ममा आवेदन दिन सकिने

NMB Bank
  • BFIS News
  • 2026 Feb 24 11:39
सानिमा बैंकमा रोजगारीको अवसर, सिएदेखि ट्रेनि असिस्टेन्टसम्ममा आवेदन दिन सकिने
National Life

काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार आन्तरिक लेखापरीक्षण, सूचना सुरक्षा तथा प्रशासनिक समूहअन्तर्गतका पदहरूमा दरखास्त आह्वान गरेको हो।

Shikhar
NIMB

बैंकका अनुसार आन्तरिक लेखापरीक्षण तर्फ सुपरभाइजरदेखि अफिसर तहमा दुई पदमा दरखास्त खुला गरिएको छ। यस्तै, Security Analyst पदमा एक जना आवश्यक रहेको जनाइएको छ, जसको कर्पोरेट तह Assistant to Senior Assistant रहेको छ।

त्यसैगरी, ‍Assistant Trainee र Junior Assistant Trainee पदमा केही संख्यामा कर्मचारी माग गरिएको छ। यी दुवै पद कर्पोरेट तहअनुसार क्रमशः Assistant Trainee र Junior Assistant Trainee श्रेणीका छन्।

इच्छुक तथा योग्य उम्मेदवारहरूले बैंकको आधिकारिक करियर पोर्टल [https://career.sanimabank.com] वा Merojob मार्फत “Apply Online” आइकनमा क्लिक गरी आवेदन दिन सक्नेछन्।

बैंकले आवेदन दिने अन्तिम मिति २०२६ मार्च ९ तारिख अपराह्न ५:०० बजेसम्म तोकेको जनाएको छ। थप विवरणका लागि बैंकको आधिकारिक वेबसाइट [www.sanimabank.com](http://www.sanimabank.com) मा हेर्न सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया