Nepal Life

फाल्गुण २१ नजिकिँदै: जेन्जी आन्दोलनपछि राजनीतिक धार फेरिँदै, अबको भोट कसलाई?

NMB Bank
  • विमल ढकाल
  • 2026 Mar 01 21:46
फाल्गुण २१ नजिकिँदै: जेन्जी आन्दोलनपछि राजनीतिक धार फेरिँदै, अबको भोट कसलाई?
National Life

काठमाडौं। फाल्गुण २१ नजिक आउँदैछ। राजनैतिक पार्टी छनौटको विषय चर्चामा छ। यो निर्वाचन आवधिक रुपमा भएको नभई जेन्जी आन्दोलनद्वारा दुई तिहाइको सरकारले सत्ता छोड्न र प्रतिनिधिसभा विघटन गर्न वाध्य पारेपछि हुन गई रहेको छ। यस सन्दर्भमा मलाई लागेका राजनैतिक कारण र देशले खोजेको निकासका बारेमा केही कुराहरु बुँदागत रुपमा राख्दैछु।

Shikhar
NIMB

१. ०६२/६३ को आन्दोलन दिल्लीमा भएको १२ बुँदे सम्झौँतामा आधारित थियो र त्यसले संविधान निर्माणसम्मको अवधिमा ३ वटा कुराहरुलाई स्थापित गर्‍यो।

(क) व्यक्ति हत्यालाई राजनैतिक साधनको रुपमा स्वीकार गर्‍यो।

(ख) देशको अर्थव्यवस्था उदारवादी अर्थव्यवस्थालाई तिरस्कार गर्दै समाजवादी अर्थ व्यवस्थाको ग्यारेण्टी गर्‍यो।

(ग) ईसाइकरणका लागि अनुकुल धर्म निरपेक्षता तथा सुशासन दिनै असम्भव हुने भद्धा राज्य संरचना निर्माण गर्‍यो। समावेशीको नाममा समाजलाई चरम द्वन्द्वको भासमा लग्यो। जसको फलस्वरुप:

(अ) हत्याको पृष्ठभूमिका व्यक्तिहरु नेतृत्वमा स्थापित भए। राजनीतिमा हत्या, हिंसा मन पराउने र प्रजातान्त्रिक भनिने बिचको भेद हराउँदै गयो। समाजवादी अर्थ व्यवस्थामा सहमति बनेका कारण लगानी विरोधी कानून एक पछि अर्को निर्माण हुँदै गए। उद्योग व्यवसाय खोल्न तथा सन्चालन गर्न कठिन हुँदै गए। यसको प्रभाव अदालतमा पनि देखियो। अदालतका फैसला लगानीकर्तालाई निरुत्साहित गर्ने गरी हुन थाले र भैरहेका छन्। लगानी निरुत्साहित भयो। रोजगारी सिर्जना हुन सकेन। युवाले देशमा केही होला भन्ने आशा गर्न सक्ने ठाउँ नै बाँकी रहेन।

(आ) राज्य संरचनाको सम्पूर्ण तहका पार्टीको सर्व सत्तावाद हाबी भयो। समानुपातिक सिट विक्रीमा गए। राज्यको आम्दानीले थेग्न नसक्ने केन्द्र, प्रदेश र पालिकाको खर्च आम्दानी भन्दा बढी हुन गयो। स्थानीय तहले पनि स्थानीय शुल्क, कर, सिफारिश दस्तुर समेतमा सामान्य जनताले तिर्नै नसक्ने गरी वृद्धी गरे।

(इ) एकातर्फ राजनैतिक नेतृत्वमा वैधानिक रुपमा सत्ताको अंकगणित मिलाए पछि जे पनि गर्न सकिन्छ भन्ने सर्वसत्तावादी चरित्र देखियो। ठुला पार्टी मिलेपछि जे गरेपनि हुने अवस्था र विरोधीलाई मुद्दामा फसाउने, आफ्नाले राज्यबाट छुट पाउने अवस्था व्यवहारमा देखियो। राज्यमा विविध भ्रष्टाचार काण्ड घट्ने तथा सम्पूर्ण सार्वजनिक नियूक्ति पैसामा विक्री हुन थाल्यो। राज्यबाट निहत्था बच्चाहरु मार्ने, टाउकोमा गोली प्रहार गरी हत्या गर्दासमेत कुनै संवेदना देखिएन। उल्टो निहत्था आन्दोलनकारीलाई अपराधी देखाउने प्रयत्न गरियो।

(ई) अहिले खासगरी दुई खाले तर्कबाजी बौद्दिकहरु तिलमिलाएका अवस्था देखिन्छ। जसले नयाँ उदीयमान शक्तिलाई राजनैतिक शक्ति देख्दैनन्। उनीहरुमा राजनैतिक चेतना तथा समझ नभएको कुरा व्यक्त गर्छन्।

पहिलो, वामपन्थी पृष्ठभूमिका बौद्धिकहरु जसले यो संविधानलाई स्वर्णिम मान्छन् र यो आन्दोलनमा वामपन्थीहरुको एजेन्डा नभएका कारण नितान्त विदेशी षड्यन्त्र मात्रै देख्छन्। यो उनीहरुको वैचारिक अस्तित्व गुम्ने डर मात्रै हो।

दोस्रो, प्रजातान्त्रिक पृष्ठभूमिका भनिएका तर इशाईकरणका लागि विभिन्न फण्ड मार्फत प्राप्त अनुदानबाट सुख भोग गरेकाहरु अहिलेको संविधान जोगाउनु उनीहरुको परम लक्ष्य हो। यो संविधानको परिवर्तन उनीहरुको टाउको दुखाई हो। अर्को उनीहरुको अस्तित्वको संकट पनि हो।

अब भोट कसलाई दिने,

१. हिजोको सर्वसत्तावादी चरित्रको नेतृत्व गर्ने, निहत्था बालक हत्याको नैतिक जिम्मेवारी सम्म पनि नलिने र अहिलेको जेन्जी आन्दोलन दबाउने मुल पात्र के.पी ओली र त्यो मान्यताका उम्मेदवार भएको नेकपा एमालेलाई?

२. सर्वसत्तावादको यात्रामा केही समय अघिसम्म साथै रहेको तर आन्दोलन पछि पार्टीमा नेतृत्व परिवर्तन गरी जेन्जी आन्दोलनको औचित्य तथा भावनालाई आत्मसात गरेको नेपाली काङ्ग्रेसलाई?

३. सर्वसत्तावादको विरुद्दमा आन्दोलन गरी नयाँ पुस्ताको नेतृत्वको साथमा देशको मुहार परिवर्तन गर्छु भनि आएको राष्ट्रीय स्वतन्त्र पार्टीलाई?

सबैले अमूल्य मतको सदुपयोग गरौँ। धन्यवाद ।

(बिमल प्रसाद ढकाल बरिष्ठ अधिवक्ता हुन्। कानूनमा स्नातकोत्तर गरेका ढकालसँग कानून र प्रशासनिक क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। उनले नेपालको सर्वोच्च अदालतमा वकालत, पुनरावेदन अदालत बार एसोसिएसनको सचिव, बार एसोसिएसनको केन्द्रीय कार्यकारी परिषद्को सदस्य, न्यायिक पारदर्शिता प्रवर्द्धन समितिको सदस्य, वाणिज्य कानून समितिको सदस्य र दूरसञ्चार कानून समितिको सदस्य सचिव जस्ता विभिन्न पदहरूमा रहेर सेवा गरिसकेका छन्। उनको कर्पोरेट अनुभव युनाइटेड टेलिकम लिमिटेड (एमटीएनएल, टीसीआईएल, टाटा कम्युनिकेसन, एनभीपीएल), एयर डाइनेस्टी-हेली सर्भिसेज प्रालि, विश्व बैंक, एसियाली विकास बैंक, नेपाल दूरसञ्चार प्राधिकरण र बैंक अफ एशिया जस्ता कम्पनीहरूसँग सम्बद्ध रहेको छ। उनि नेपालकै सबैभन्दा ठुलो जीवन बीमा कम्पनीको सञ्चालक समितिको सदश्य पनि हुन्।)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया