व्याजदर तल्लो विन्दुमा झरेको मौकामा आईसीएफसीको ऋणपत्रमा लगानी गर्ने मौका, ८ प्रतिशत व्याज पाइने
- BFIS News
- 2026 Feb 23 11:28
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेड (आईसीएफसी) ले आज फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो।
कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ५० करोड रुपैयाँ बराबरका ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ। जसमध्ये ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरका २ लाख कित्ता सर्वसाधारणमा वितरण गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा फागुन १४ गते बन्द हुने कम्पनीले जनाएको छ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा भने ढिलोमा फागुन २५ गतेसम्म खुला रहनेछ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
यस ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्ग नेपाल ले फाइनान्सलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीका अनुसार ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्तिपछि प्रचलित कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)












.jpg)




प्रतिक्रिया