पाँचथरका तीन मतदान केन्द्रको जिम्मेवारी महिलालाई
- BFIS News
- 2026 Mar 04 17:14
फिदिम (Phidim Municipality), फागुन २० गते । पाँचथरका तीन वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलालाई दिइएको छ ।
आदर्श आधारभूत विद्यालय मतदान केन्द्र, फिदिम–२ मा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा मतदान कर्मचारी सबै महिला खटाइएको छ । उक्त मतदान केन्द्रमा २२ सय १९ जना मतदाता रहेका छन् । तीन वटा मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत कुमार मास्के ले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन वटा केन्द्रमा क्रमशः सरस्वती नेम्वाङ, ललिताकुमारी गुरुङ र सिता बराल लाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।
यसैगरी तीनवटै केन्द्रमा तीन जना सहायक मतदान अधिकृत र १८ जना मतदान कर्मचारी सबै महिला रहेका छन् । स्वयंसेवक कर्मचारी पनि महिला नै खटाइएको जनाइएको छ ।
जिल्लाभरका विभिन्न मतदान केन्द्रमा २० जना महिलाले मतदान अधिकृतको जिम्मेवारी पाएका छन् । शिक्षण पेशा तथा निजामती प्रशासनमा आवद्ध महिलासहित ३० भन्दा बढी सहायक मतदान अधिकृत र १ सयभन्दा बढी मतदान कर्मचारी महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाँचथरमा मतदान प्रयोजनका लागि १ हजार ८० कर्मचारी र ५४० स्वयंसेवकसहित करिब २ हजार ८ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको तथ्याङ्क छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया