Nepal Life

सिन्धुलीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान

NMB Bank
  • आयुस बस्नेत
  • 2026 Mar 05 12:04
सिन्धुलीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान
National Life

सिन्धुलीमाढी, फागुन २१ गते । सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै निर्वाचन क्षेत्रका २७२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।

 

Shikhar
NIMB

बिहान ७ बजेदेखि जिल्लाका सबै १५१ मतदानस्थलअन्तर्गतका २७२ मतदान केन्द्रमा तोकिएको समयअनुसार उत्साहका साथ मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान १० बजेसम्म करिब १० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

सिन्धुली जिल्लामा कुल मतदाता सङ्ख्या दुई लाख १५ हजार १९ रहेको छ। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले जनाएको छ।

जिल्लामा दुवै निर्वाचन क्षेत्रमा गरी कुल २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये निर्वाचन क्षेत्र नं. १ मा १२ जना र निर्वाचन क्षेत्र नं. २ मा १६ जना उम्मेदवार रहेका छन्। मतदान कार्यमा ज्येष्ठ नागरिकको पनि उत्साहजनक सहभागिता देखिएको छ।

कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासस्थित मतदान केन्द्रबाट सोही स्थानकी एक सय वर्षीया चनमती श्रेष्ठले मतदान गर्नुभएको छ। उहाँले आफ्ना छोरा पदम श्रेष्ठको सहयोगमा मतदानमा सहभागी हुनुभएको स्थानीयले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया