Nepal Life

बुर्तीवाङमा छतबाट खसेर दुई वर्षीय बालक गम्भीर घाइते

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 15:40
बुर्तीवाङमा छतबाट खसेर दुई वर्षीय बालक गम्भीर घाइते
National Life

बागलुङ जिल्लाको पश्चिमी क्षेत्र ढोरपाटन नगरपालिका–१ बुर्तीवाङ बजारको शान्ति टोलमा बस्ने दुई वर्षीय बालक हेन्सल पुन छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ।

 

Shikhar
NIMB

दिउँसो करिब २ बजे दुई तले घरको छतमा खेलिरहेका अवस्थामा अमृत पुनका छोरा हेन्सल खसेर घाइते हुनुभएको हो। घाइते बालकको अवस्था गम्भीर भएपछि प्रारम्भिक उपचारका लागि बुर्तिबाङ जिल्ला अस्पताल लगिएको थियो।

अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि उहाँलाई हेलिकोप्टरमार्फत मणिपाल शिक्षण अस्पताल, पोखरा रिफर गरिएको छ।

सिम्रिक एयर को हेलिकोप्टरमार्फत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तजङ्ग पाण्डेले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय बागलुङ ले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया