Nepal Life

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

NMB Bank
  • आयुस बस्नेत
  • 2026 Mar 05 17:34
प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न
National Life

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर छिटपुट सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ ।

 

Shikhar
NIMB

निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले साँझ ५ बजेसम्म मतदान केन्द्रमा लाइनमा रहेका मतदाताले भने त्यसपछि पनि मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।

आयोगका अनुसार हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान औपचारिक रूपमा स्थगित भएको घोषणा गरिएको छैन । दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद भए पनि समाधानपछि मतदान पुनः सञ्चालन भएको थियो । दोलखाको तामाकोशी–४ स्थित मालु मतदान स्थलमा केही समय रोकिएपछि मतदान पुनः सुरु गरिएको थियो ।

निर्वाचनको विस्तृत विवरण आयोगले साँझ ६ः१५ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) अन्तर्गत ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ ।

देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका थिए भने १४३ अस्थायी मतदान स्थल पनि व्यवस्था गरिएको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया