सुनचाँदीको मूल्य बढ्यो
- BFIS News
- 2026 Mar 08 11:50
काठमाडौँ, फागुन २४ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ भने चाँदी प्रतितोला रु पाँच हजार ४७५ निर्धारण भएको छ। शुक्रबार सुन प्रतितोला रु तीन लाख १३ हजार ४०० र चाँदी रु पाँच हजार ४४५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन पाँच हजार १७० अमेरिकी डलर र चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया