Nepal Life

मुस्ताङमा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो

NMB Bank
  • BFIS News
  • 2026 Mar 08 11:54
मुस्ताङमा समानुपातिकतर्फ पनि कांग्रेस पहिलो
National Life

मुक्तिनाथ (मुस्ताङ), फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङमा समानुपातिकतर्फ पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ।

 

Shikhar
NIMB

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेपाली कांग्रेसले २ हजार ५२१ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २ हजार ३१३ मतसहित दोस्रो र नेकपा (एमाले) १ हजार २०४ मतसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले १२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १२३ मत प्राप्त गरेका छन्।

प्रत्यक्षतर्फ भने नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी हुनुभएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत प्राप्त गर्नुभएको थियो भने रास्वपाका अधितियचन्द्र थकालीले ७५९ मत प्राप्त गर्नुभएको थियो।

जिल्लामा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिका गरी कुल ११ हजार ३२८ मतदाता रहेकोमा ६ हजार ३९७ मत खसेको थियो। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विद्यानाथ पौडेलले जानकारी दिनुभएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया