ओलीद्वारा झापा–५ बाट विजयी बालेनलाई बधाई
- BFIS News
- 2026 Mar 08 11:57
काठमाडौँ, फागुन २४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई तथा शुभकामना दिनुभएको छ।
बालेनसँग ४९ हजार ६१४ मतले पराजित भएपछि ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई दिनुभएको हो। झापा–५ मा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत ल्याउनुभएको थियो।
यसअघि काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि आफूले तबला उपहार दिएको तस्बिर साझा गर्दै ओलीले बधाई व्यक्त गर्नुभएको हो।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया