NIMB Header 2
Nepal Life

नेपाल बैंकले खुला प्रतिस्पर्धाबाट सिइओ नियुक्ति गर्दै, को को छन् दौडमा  ?

National Life
  • BFIS News
  • 2023 Oct 08 13:57
नेपाल बैंकले खुला प्रतिस्पर्धाबाट सिइओ नियुक्ति गर्दै, को को छन् दौडमा  ?
Sanima Reliance

काठमाडौँ । नेपाल बैंक लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पद खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ । बैंकले आज सार्वजनिक सूचना मार्फत दरखास्तका आह्वान गरेको छ । 

Shikhar
NIMB

इन्छुक आवेदकले आजैका मितिबाट २१ दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त पदका लागि शैक्षिक योग्यता व्यवस्थापन, बैङ्किङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । 

यस्तै, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैङ्किङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा शास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैङ्किङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव भएको हुनुपर्ने बैङ्कले जनाएको छ । यसका साथै कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने छ । 

बैङ्कका तत्कालीन सिइओ कृष्णबहादुर अधिकारी एक हप्ता अघि नै आफ्नो कार्यकाल सकेर बाहिरिएका छन् । उनी चार वर्षे कार्यकाल सकेर बाहिरिए पछि बैङ्कको सिइओ पद रिक्त छ । रक्त पदमा बैंक भित्रका र बैंक भन्दा बाहिरका व्यक्तिहरुले आवेदन दिन सक्ने छन् । 

को को छन् दौडमा 

बैंकिङ्ग क्षेत्रमा निकै लामो समय बिताएका व्यक्तिहरूबाट पनि बैङ्कको सिइओ बन्ने दौडमा छन् । नेपाल बैङ्कमै उच्च व्यवस्थापन तहमा रहेर काम गरेका कर्मचारीहरू पनि सिइओ बन्ने लाइनमा छन् । यति बेला बैङ्कबाट आन्तरिक तथा बाह्य आकंक्षीबाट सीइओको लागि दौडधुप सुरु भएको बताइन्छ । 

स्रोतका अनुसार राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक अशोक पौडेल पनि नेपाल बैङ्कको सिइओ बन्ने लविङमा छन् । यस्तै, नेपाल बैङ्कको सिइओ बन्ने दौडमा नेपाल एसबिआई बैङ्कबाट रिटायर भएर बसेका छविराज पन्त पनि देखिएका छन् । उनी नेपाल एसबिआई बैङ्कका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रहेर काम गरेका थिए ।  

यता, सानिमा रिलायन्स  लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ शिवनाथ पाण्डेको पनि चर्चा छ । पाण्डेले सानिमा छाडेर नेपाल बैङ्कको सिइओ बन्ने दौडमा देखिएका छन् । पाण्डे सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको सानिमा रिलायन्सको सिइओ हुन् । पाण्डे यसअघि सूर्या लाइफ इन्स्योरेन्सको सिइओ भएर ४ बिताइसकेका व्यक्ति हुन् । चाटर्ड एकाउन्टेनसमेत रहेका पाण्डे नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर बन्ने लाइनमा थिए । सरकारले डेपुटी गभर्नर नबनाएपछि रिटायर भएका पाण्डे निजी बैङ्कमा जान प्रयासरत छन् । 

यता, नेपाल बैङ्कको हाल कायममुकायम सीइओको जिम्मेवारी प्राप्त गरेकी डिसीइओ समता पन्तको पनि चर्चा छ । उनी पनि सिइओ बन्ने दौडमै रहेको स्रोतको दाबी छ । पन्त नेपाल बैङ्ककै क्याडर हुन् । वि.स २०६१ सालमा उनी नेपाल बैङ्ककै छैठौं तहको कर्मचारीको रूपमा प्रवेश गरेकी थिइन् । तुलनात्मक रूपमा छोटो समयमै उनी नेपाल बैङ्कको डीसीइओ बन्न सफल भएकी महिला हुन् । उनले विभिन्न जिम्मेवारीमा रही २ दशक बढीको बैंकिङ्ग अनुभव सँगालेकी छन् । पन्तले एम.बि.एससम्मको अध्ययन समेत गरेकी छिन् । पन्तकै नेतृत्वमा बैङ्क उदय हुने सम्भावना बलियो रहेको समेत दाबी गरिन्छ । 

यता, कृषि विकास बैङ्कका (डिजीएम) प्रताप सुवेदी र निर्मल उपाध्याय पनि विज्ञापन खुलेमा आवेदन दिने मुडमा छन् । सुवेदी यसअघि कृषि विकास बैङ्कको सीईओको लागी ३ जनाभित्र परेका व्यक्ति हुन् । कांग्रेस निटक मानिने उपाध्यायको  कृषि विकास बैङ्कमा अवकाश हुने समय हुन लागेकाले पनि सिइओ बन्ने दौडमा लागेका छन् । 

सीईओको दौडमा यसअघि किसान लघुवित्त कम्पनीको सईिओ भैसकेका पर्वत कार्की पनि सीईओको दौडमा रहेको बुझिएको छ । कर्जा सुरक्षा निगमको सिइओ भैसकेका विष्णुबाबु मिश्र, सिन्धु विकास बैङ्कको सीईओबाट हटेका रमेश जोशी र राष्ट्रिय सहकारी बैङ्कको सिइओ रहेका बद्री गुरागाईँ पनि नेपाल बैङ्क हाँक्ने तयारीमा देखिएका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया