Nepal Life

जलवायु जोखिम न्यूनीकरणका लागि प्लान्टसाट र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सहकार्य

NMB Bank
  • BFIS News
  • 2026 Mar 13 19:06
जलवायु जोखिम न्यूनीकरणका लागि प्लान्टसाट र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सहकार्य
National Life

काठमाडौं । प्लान्टसाट र सगरमाथा लुम्बिनी इनस्योरेन्स कम्पनी बीच पशुचौपायामा अत्यधिक गर्मीका कारण हुने उत्पादन क्षति न्यूनीकरण गर्न लक्षित ‘प्यारामेट्रिक इन्स्योरेन्स’ उत्पादन विकास गर्ने विषयमा समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

Shikhar
NIMB

सम्झौताअनुसार दुवै संस्थाले पशुचौपायामा गर्मीका कारण हुने तनाव (हीट स्ट्रेस) बाट दुग्ध उत्पादनमा पर्ने नकारात्मक असरलाई ध्यानमा राख्दै विशेष बीमा उत्पादन विकास गर्नेछन्। यस पहलले विशेषगरी दुग्ध किसानलाई जलवायु परिवर्तनबाट उत्पन्न जोखिमका कारण हुने उत्पादन क्षतिबाट संरक्षण प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनी जिम्मेवार बीमकका रूपमा जलवायुजन्य जोखिमबाट किसानलाई जोगाउने समाधानमा प्रतिबद्ध रहेको बताए। उनका अनुसार यस्तो नवप्रवर्तनात्मक बीमा उत्पादनले दुग्ध किसानलाई उत्पादन घट्दा हुने आर्थिक क्षतिबाट सुरक्षा प्रदान गर्न मद्दत गर्नेछ।

त्यसैगरी प्लान्टसारका प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरेले सन् २०१९ देखि Seed Innovations Pvt. Ltd. अन्तर्गत सञ्चालित प्लान्टसाटले नेपालको कृषि क्षेत्रमा डिजिटल रूपान्तरणलाई अगाडि बढाइरहेको बताए।

उनका अनुसार प्लान्टसाटले स्याटेलाइट तस्बिर, बिग डेटा मौसम विश्लेषण र अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरी मोबाइल तथा वेब प्लेटफर्ममार्फत किसानको उत्पादन क्षमता बढाउन, डिजिटल साक्षरता विस्तार गर्न तथा बीमा कम्पनीहरूको सञ्चालन लागत घटाउन सहयोग पुर्‍याइरहेको छ।

यस सहकार्यले विशेषगरी नेपाल तथा दक्षिण एसियामा जलवायु परिवर्तनका कारण किसानमा पर्ने असमान रूपमा उच्च नकारात्मक प्रभाव घटाउन तथा कृषि बीमाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया