Nepal Life

भेन्चर हायर पर्चेजले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

NMB Bank
  • BFIS News
  • 2026 Mar 15 19:39
भेन्चर हायर पर्चेजले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन
National Life

काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता शेयर जारी गर्ने प्रस्ताव पेश गरेको हो।

Shikhar
NIMB

प्रस्तावित आईपीओबाट कम्पनीले कुल ११ करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। यस आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्रै कम्पनीले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि शेयर निष्कासन गर्न सक्नेछ। यसैबीच, आईसीआरए नेपालले भेन्चर हायर पर्चेज लिमिटेडलाई [ICRANP-IR] BB (डबल बी) इश्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङ पाएका संस्थाहरूलाई वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका सन्दर्भमा मध्यम स्तरको डिफल्ट जोखिम भएको मानिन्छ।

भेन्चर हायर पर्चेज लिमिटेड सन् २०१७ मा स्थापना भएको हायर–पर्चेज वित्तीय कम्पनी हो, जसले नेपाल राष्ट्र बैंकको मार्गदर्शनअनुसार आफ्नो सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले सन् २०१९ नोभेम्बरमा सञ्चालन अनुमति प्राप्त गरेको थियो। यो कम्पनी आईएमई ग्रुपअन्तर्गत रहेको छ, जसले नेपालको वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरिसकेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया