बालेनलाई प्रधानमन्त्री बनाउन नखोज्ने रास्वपाको मिडिया ट्रायलले शेयर बजार तरङ्गित, बजार घटाएर कित्ता खोस्ने दाउ?
- BFIS News
- 2026 Mar 11 21:28
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री नबनाउने उद्देश्यले गरिएको भनिएको “मिडिया ट्रायल” अहिले नेपाली राजनीतिक वृत्त मात्र होइन, शेयर बजारसम्म तरङ्गित भएको चर्चा चलिरहेको छ।
पार्टीका केही नेताहरू कहिले डिपी अर्याल त कहिले हरि ढकाल मार्फत बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने विषयमा आएका संकास्पद अभिव्यक्तिहरूले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको छ। यसले राजनीतिक भविष्य र नेतृत्वको विषयमा विभिन्न अड्कलबाजीहरू बढाएको छ।
आलोचकहरूका अनुसार रवि लामिछानेले चुनावअघि बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको भन्ने चर्चा बीच चुनावी सफलतामा “बालेन कार्ड” प्रयोग गरेका थिए। तर पछिल्ला दिनमा उपसभापतिलाई नै त्यस्तो सहमति थाहा नभएको अभिव्यक्ति दिन लगाइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
यसैबीच, केही विश्लेषकहरूका अनुसार यदि व्यापक जनदबाब सिर्जना भयो भने मात्रै लामिछाने बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन तयार हुने सम्भावना देखिन्छ, अन्यथा उनले आफू नै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने तयारी गरिरहेको आरोप पनि लागिरहेको छ।
नयाँ दलले करिब दुई तिहाइ बहुमत नजिकको जनादेश पाएको अवस्थामा नै यस्तो विवाद र मिडिया ट्रायल सुरु भएको देखिँदा भविष्यमा नेपालको राजनीतिक स्थिरता कस्तो रहने भन्ने विषयमा पनि प्रश्न उठ्न थालेका छन्। तर यदि लामिछानेले अन्ततः बालेनलाई स्वीकार गर्दै प्रधानमन्त्री बनाउने निर्णय गरे भने अहिले फैलिएका धेरै हल्लाहरू गलत सावित हुने र त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिन सक्ने विश्लेषकहरूको भनाइ छ।
उनीहरूका अनुसार त्यस्तो निर्णय आए बजारले नयाँ उचाइ लिन सक्नेछ र एक दिन फेरि “सर्किट” लाग्ने सम्भावना पनि रहन्छ।
उता, रास्वपाले दुई तिहाइ बहुमतका लागि आवश्यक दुई सिट मात्रै प्राप्त गर्न सकेन। तथापि प्राप्त शक्तिशाली जनसमर्थनले राम्रो नियतका साथ काम गर्न पार्टीलाई ठूलो अवसर दिएको विश्लेषण गरिएको छ। आगामी दिनमा भने पार्टीका नेताहरूका सार्वजनिक अभिव्यक्ति र व्यवहार नै जनमतको परीक्षण बन्ने देखिन्छ।
निर्वाचनपछि लामो बिदापछि खुलेको शेयर बजारमा पहिलो दिन सकारात्मक सर्किट लागेको थियो। तर त्यसपछि दोस्रो र तेस्रो कारोबार दिनमा क्रमशः ३२ र ४६ अंकले बजार घटेको छ। मंगलबार ६–७ महिनायताकै उच्च कारोबार भएको थियो भने आज करिब १३ अर्ब रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ।
सर्किट लागेको भोलिपल्ट २१ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुँदा अनुभवी लगानीकर्ताले बिक्री गरेको देखिएको छ। पछिल्लो ट्रेण्ड हेर्दा अस्वाभाविक रूपमा धेरै कारोबार भएको दिनपछि बजार घट्ने प्रवृत्ति देखिएको छ। यद्यपि केही बजार विश्लेषकहरूले धेरै कारोबारलाई बजारमा बलियो सपोर्टको संकेतका रूपमा व्याख्या गर्दै आएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया