Nepal Life

२२.५ मेगावाट क्षमताको माथिल्लो थुलोखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

NMB Bank
  • BFIS News
  • 2026 Mar 15 19:53
२२.५ मेगावाट क्षमताको माथिल्लो थुलोखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
National Life

काठमाडौं। थुलोखोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २२.५ मेगावाट क्षमताको माथिल्लो थुलोखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सफलतापूर्वक नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ।

Shikhar
NIMB

आयोजनाको भौतिक पूर्वाधार निर्माण सम्पन्न भई मुख्य उपकरणहरूको जडान तथा आन्तरिक परीक्षण प्रक्रिया पूरा भएपछि विद्युत् उत्पादनलाई राष्ट्रिय ग्रिडमा समाहित गरिएको हो। आयोजना प्रमुख यादवका अनुसार आयोजनाले पाँच दिनसम्म परीक्षण उत्पादन सञ्चालन गरेको थियो, जसबाट आयोजनाको सञ्चालन क्षमता पुष्टि भएको छ। हालको सुक्खा याममा आयोजनाले १३.८६ मेगावाट विद्युत् उत्पादन गरेको उनले जानकारी दिए।

यस जलविद्युत् आयोजनाको निर्माण कार्य २०८० सालदेखि सुरु गरिएको थियो। आयोजनामा बाँध, डिसेन्डर (पानी संकलन पोखरी), २,९०० मिटर लामो मुख्य पाइपलाइन तथा सुगुर्थला क्षेत्रमा ३०० मिटर लामो सर्च साफ्ट पाइपलाइन जडान गरिएको छ। आयोजनाको विद्युत्गृह भने फेदी क्षेत्रमा निर्माण गरिएको छ।

यो आयोजना ‘रन अफ द रिभर’ प्रणालीमा आधारित जलविद्युत् आयोजना हो। आयोजनास्थलमा उत्पादन भएको विद्युत् फेदीबाट बन्दीसम्म ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत् पठाइन्छ। त्यसपछि तिल्केनिचौर हुँदै २२० केभी दाना–खुर्कोट प्रसारण लाइनमार्फत् थुलोखोला र चिम्खोला–मङ्गले–राहुघाट क्षेत्रसम्म जोडिँदै राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ।

यस आयोजनाको सञ्चालनसँगै सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति थप सुदृढ हुने तथा नेपालमा स्वच्छ र दिगो ऊर्जाको बढ्दो माग पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया