Nepal Life

सानिगाड हाइड्रो लिमिटेडद्वारा आईपीओ निष्काशन सुरु, बझाङका बुंगल नगरपालिका बासीले भर्न पाउने

NMB Bank
  • BFIS News
  • 2026 Mar 22 10:35
सानिगाड हाइड्रो लिमिटेडद्वारा आईपीओ निष्काशन सुरु, बझाङका बुंगल नगरपालिका बासीले भर्न पाउने
National Life

काठमाडौं, चैत ८ — सानिगाड हाइड्रो लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रक्रिया सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले आफ्नो २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

उक्त शेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गत बुंगल नगरपालिका वडा नं. १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दाहरूलाई वितरण गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता शेयर वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरूका लागि छुट्याइएको छ।

यसका अतिरिक्त, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ। यी शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन चैत २२ गतेसम्म बन्द हुन सक्नेछ भने ढिलोमा २०८३ साल वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको वित्तीय अवस्थालाई मूल्यांकन गर्दै इक्रा नेपालले ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सानिगाड हाइड्रो लिमिटेडले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यस आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष र डिस्काउन्टमा १४.६९ वर्ष रहने अनुमान गरिएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले लक्ष्मी सनराइज बैंक चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, बुंगलस्थित पावर हाउस, विरावगरबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

शेयर आवेदन फाराम प्राप्त गर्न स्थानीय बासिन्दाहरूले २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया