Nepal Life

नेप्सेमा करेक्सन, सूचक घट्दा कारोबार रकम भने बढ्यो: ठुलाले नाफा बुक गर्दा सोझा साझाले थपे शेयर

NMB Bank
  • BFIS News
  • 2026 Mar 25 15:44
नेप्सेमा करेक्सन, सूचक घट्दा कारोबार रकम भने बढ्यो: ठुलाले नाफा बुक गर्दा सोझा साझाले थपे शेयर
National Life

काठमाडौं। बुधबार नेपाली शेयर बजारमा करेक्सन देखिएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि निरन्तर उकालो लागेको बजारमा यस दिन अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि सूचकमा गिरावट आएको हो।

Shikhar
NIMB

यस दिन नेप्से परिसूचक २४.४५ अंकले घटेर २,९३५.९४ विन्दुमा झरेको छ। साथै, सेन्सेटिभ इन्डेक्स ६.५४ अंकले घटेको छ। फ्लोट इन्डेक्स २.४६ अंकले घट्दा सेन्सेटिभ फ्लोट इन्डेक्स पनि २.२६ अंकले तल झरेको छ।

सूचकमा गिरावट आए पनि कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३४५ स्टकका १ लाख ३८ हजार २५६ कारोबारमार्फत १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरका ३ करोड ५८ लाख १९ हजार कित्ता शेयर किनबेच भएका छन्।

कारोबारका क्रममा पाँच कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेष्ट इनका शेयर उच्चतम सीमामा कारोबार भएका हुन्। यसैगरी, पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने अन्य कम्पनीहरूको मूल्यवृद्धि ४ प्रतिशतभन्दा कम रहेको छ। अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सबैभन्दा धेरै ७.७४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ, जसको ५२ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। अपि पावर कम्पनीको करिब ५२ करोड रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्ट्सको कारोबार रकम ४७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये २ उपसमूहको सूचक बढ्दा ११ उपसमूहमा गिरावट आएको छ। व्यापार उपसमूह सर्वाधिक ३.४५ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य वृद्धि देखिएको छ। यता, विकास बैंक उपसमूह सबैभन्दा धेरै २.३२ प्रतिशतले घटेको छ। वित्त उपसमूह २ प्रतिशतभन्दा बढी घट्दा बैंकिङ, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया