Nepal Life

रिलायन्स स्पिनिङको शेयरमा उछाल, सीमित आपूर्तिले लगानीकर्तालाई आकर्षण

NMB Bank
  • BFIS News
  • 2026 Mar 25 16:53
रिलायन्स स्पिनिङको शेयरमा उछाल, सीमित आपूर्तिले लगानीकर्तालाई आकर्षण
National Life

काठमाडौं। बुक बिल्डिङ विधिबाट उच्च मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ) ल्याएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्य पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ। सीमित आपूर्ति र न्यून कारोबारका कारण बजारमा यसको मूल्यमा तीव्र उतारचढाव देखिएको हो।

Shikhar
NIMB

लामो समयको विवादपछि दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर प्रारम्भिक चरणमा आईपिओ मूल्यभन्दा तल कारोबार भएको थियो। त्यसक्रममा मूल्य स्थिरता कायम राख्न संस्थापक समूहले नै घाटा व्यहोरेर किनबेच गर्नुपरेको बताइन्छ।

हाल कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब ९० करोड रुपैयाँ रहेको छ। यसमध्ये करिब १०.१४ प्रतिशत अर्थात १९ लाख २६ हजार ६०० कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्ताबीच कारोबारका लागि उपलब्ध छन्। यस्तो व्यवस्था आगामी तीन वर्षसम्म कायम रहनेछ। उक्त अवधिमा कम्पनीले बोनस शेयर वितरण नगरेमा बजारमा उपलब्ध शेयरको परिमाण यथावत रहनेछ।

बुधबार कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदै १६६ रुपैयाँले बढेर १,८३० रुपैयाँ १० पैसा पुगेको छ। सुरुआती करिब ३०० रुपैयाँको मूल्यबाट बढ्दै आएको यस शेयरमा पछिल्लो समय तीव्र वृद्धि देखिएको हो।

कारोबार परिमाण भने निकै न्यून रहेको छ। बुधबार मात्रै १,०२० कित्ता शेयर किनबेच भएको छ। आईपीओ बाँडफाँडका क्रममा न्यूनतम ५० कित्ताका दरले शेयर वितरण गरिएको थियो। हालसम्म २१ कारोबार दिनमा कुल ४,६५८ कित्ता मात्रै शेयर किनबेच भएको तथ्यांकले देखाउँछ।

विश्लेषकहरूका अनुसार बजारमा उपलब्ध शेयरको परिमाण कम हुँदा मागको तुलनामा आपूर्ति न्यून रहँदा मूल्यमा तीव्र वृद्धि देखिएको हो। यस्तो अवस्थामा शेयर मूल्यमा अस्वाभाविक उतारचढाव आउन सक्ने भएकाले लगानीकर्ताले सावधानी अपनाउनुपर्ने सुझाव दिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया