सांसदहरुको शपथ ग्रहण सँगै बढ्यो नेप्से सूचक, बालेन प्रधानमन्त्री भए सँगै बजारले नयाँ उचाइ लिनेमा लगानीकर्ता ढुक्क
- BFIS News
- 2026 Mar 26 15:19
काठमाडौं। प्रतिनिधि सभाका नव निर्वाचित सांसदहरुको शपथ ग्रहण सँगै नेप्से सूचक बढेको छ। गएका केहि दिनमा देखिएको इन्ट्राडे करेक्सनलाई आजको सुधारले पुर्ती गरिदिएको छ। साताको अन्तिम दिन आज नेप्से सूचक १४.२१ अंकले बढेर २९५०.१६ अंक कायम भएको छ।
जेनजी आन्दोलन पछि विकास भएको नयाँ राजनीतिक घटनाक्रमले राष्ट्रिय स्वतन्त्र पार्टी उच्च बहुमत सहित स्थायी सरकार निर्माण गर्ने सबैभन्दा शक्तिशाली पार्टी बनेको छ। भोलि नै बालेन्द्र शाहको नेतृत्वमा सरकारण गठन हुँदैछ। विना कुनै पार्टी सँगको कोलिनेशनमा बन्ने यस सरकारले नेपालको समग्र विकासमा काम गर्ने आम नेपालीको विश्वास छ। यस सँगै शेयर बजारमा पनि लगानीकर्ताको कन्फिडेन्स बढेको छ।
बुधबार शेयर बजारमा ठुलो अंकको करेक्सन भयो। यद्यपी आजै त्यो करेक्सनमा सुधार आएको छ। लगानीकर्ताको पोर्टफेलियो लगातार बढिरहेको छ। अवको शेयर बजार नयाँ सरकारले लिने नीति तथा कार्यक्रम र कार्यशैलीले तय गर्नेछ। आगामी जेठ १५ गतेको बजेटका लागि नयाँ सरकारले तयारी गर्ने अवसर समेत प्राप्त गरेको छ। अहिलेको सरकारले समग्रमा मुलुकको हितका लागि काम गर्ने अवसर पाएको छ।
आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सर्वाधिक विवादित रिलायन्स स्पिनिङ मिल्सको शेयरमा कर्नरिङ सँगै शेयर मूल्य बढाउने खेल पनि सुरु भएको छ। सुपर खुदी, होटल फरेष्ट इन, सोलु हाइड्रो र भुजुङ खोलाको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ। यहाँ सर्किट लाग्नेमा सबै नयाँ सूचिकृत कम्पनी हुन्। यि कम्पनीले नेप्से सूचक बढाउन पनि मद्दत गरेका छन्। यसले गर्दा पुराना शेयर होल्ड गर्नेको पोर्टफेलियो भने सुधार हुन सकेको छैन।
आज १३ अर्ब १६ करोडको कारोबार भएको छ। शेयर बजारले थप गति लिन कारोबार रकम थप बढ्नु पर्ने विश्लेषकहरु बताउछन्। तर जव जव कारोबार रकम बढ्छ तव तव ठुला लगानीकर्ता बिक्री गरेर बाहिरिने र नयाँ लगानीकर्ता फस्ने ट्रेण्ड पनि मौलाउदै गइरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया