Nepal Life

सरकारको २०४८ साल पछिका सार्वजनिक व्यक्तिको सम्पत्ती छानविन गर्ने कदमले शेयर बजारमा गयो पहिरो

NMB Bank
  • BFIS News
  • 2026 Mar 29 15:13
सरकारको २०४८ साल पछिका सार्वजनिक व्यक्तिको सम्पत्ती छानविन गर्ने कदमले शेयर बजारमा गयो पहिरो
National Life

काठमाडौं। सरकारले २०४८ सालदेखि विभिन्न सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ती छानविन गर्ने कदमले शेयर बजारमा पहिरो गएको छ। मन्त्रिपरिषदको बैठकले जेनजी आन्दोलनका दोशी ठहर गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णय सँगै २०४८ सालदेखिको भ्रष्टाचारको फाइल खोल्ने निर्णय गरे सँगै लगानीकर्ता त्रसिद भएका छन्। सरकारले ओली र लेखकलाई पक्राउ गरी जेलचलान गरे सँगै राजनीतिक वातावरण तरङ्गित भएको छ।

Shikhar
NIMB

प्रतिपक्षीदलहरुले राजनीतिक पुर्वाग्रह साधेर कदम चालेको आरोप लगाएका छन्। त्यसमा पनि सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ती छानविन गर्ने कदमले राजनीतिज्ञदेखि लिएर व्यापारी व्यवसायीसम्म डराएका छन्। शेयर बजार र घरजग्गा कालोधन छिपाउने क्षेत्रका रुपमा चिनिन्छ। यसले गर्दा पनि आज लगानीकर्ता डराएका हुन्।

झण्डै दुई तिहाइ बहुमतको सरकारले संस्थागत सुशासनका क्षेत्रमा काम गर्ने भन्दै केहि सुधारका कामहरु पनि अगाडी बढाएको छ। तर सम्पत्ती छानविनका साथै राजनीज्ञहरुलाई एक पछि अर्को गर्दै पक्राउ गर्न थाले पछि आज शेयर बजार ७१.०५ अंकले घटेको छ। यस विचमा बढेको शेयर बजारलाई आज एकै दिनको गिरावटले ठुलो पोर्टफेलियो लस गराइदिएको छ।

नेप्से सूचक २.४० प्रतिशतले घटेर २८७९.११ अंकमा झरेको छ। १० वटा कम्पनीको शेयर मूल्यमा सुधार आए पनि २५५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १५ अर्ब ३ करोडको खरिद बिक्री हुँदा ठुला लगानीकर्ताले नाफा बुक गरेका छन्। सर्किट लाग्नेमा दुई कम्पनीको शेयर कारोबार आजैदेखि सुरु भएको हो। त्यस्तै रिलायन्स स्पनिङ मिल्सको शेयरमा आज पनि सर्किट लागेर २२१४ रुपैयाँ पुगेको छ।

रिडि एक्लैको सर्वाधिक धेरै ७१ करोड ११ लाखको खरिद बिक्री भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीको जिम्मेवारी सुदन गुरुङलाई दिलाएर भ्रष्टाचारको फाइल खोल्ने तथा जेन्जी आन्दोलनका दोसीहरुलाई कारोबार गरेर सर्वसाधारणको सेन्टिमेन्ट बटुल्न खोजेका छन्। उनको यस कदमले कतै सरकार नै धरापमा त पर्ने होइन भन्ने संका पैदा भएको छ। यहि हिसावले सरकार अगाडी बढ्यो भने भोलिका दिनमा समय थप असहज बन्ने देखिएको छ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार