सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, लक्ष्मी सन्राइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त
- BFIS News
- 2026 Mar 23 16:57
काठमाडौं — सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।
कम्पनीका अनुसार आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि रु. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता शेयर तथा सर्वसाधारणका लागि सोही दरका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरिनेछ।
यस सम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन्।
सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा अवस्थित ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७६ सालदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। कम्पनीले अब पूँजी बजारमार्फत थप लगानी आकर्षित गर्ने लक्ष्य राखेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया