Nepal Life

राजश्व चुहावट नियन्त्रणका लागि अर्थ मन्त्रालयको उच्चस्तरीय बैठक आज

NMB Bank
  • BFIS News
  • 2026 Apr 02 10:05
राजश्व चुहावट नियन्त्रणका लागि अर्थ मन्त्रालयको उच्चस्तरीय बैठक आज
United Ajod

काठमाडौं — राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन डा. स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ। बिहान ११ बजे सुरु हुने उक्त बैठक करिब एक घण्टासम्म सञ्चालन हुने बताइएको छ।

Shikhar
Nepal Life
NIMB

अर्थ मन्त्रालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, अर्थ तथा गृह मन्त्रालयका सचिवहरू, राजश्व प्रशासनका उच्च अधिकारीहरू, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको सहभागिता रहनेछ। यसका अतिरिक्त, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालय अन्तर्गतका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुनेछन्।

बैठकमा राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिनेछ। यस क्रममा अर्थमन्त्री डा. वाग्लेले सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेय काअनुसार बैठक सम्पन्न भएपछि त्यसका प्रमुख छलफल र निर्णयहरूबारे सञ्चार माध्यमलाई भिडियो, फोन वा विज्ञप्तिमार्फत जानकारी गराइनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया