सर्वोच्चको आदेशपछि ओली र लेखक हाजिर जमानीमा रिहा
- BFIS News
- 2026 Apr 09 11:52
काठमाडौं । सरकारले केपी शर्मा ओली र रमेश लेखकलाई ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेकोको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको हो।
यसअघि भदौ २३ र २४ गते घटेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग ले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि दुवै जनालाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालत बाट तेस्रो पटक म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको थियो। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै अब उनीहरूलाई अनुसन्धानमा सहयोग गर्ने शर्तमा हाजिर जमानीमा रिहा गरिएको छ।
भदौ २३–२४ मा भएको घटनाको छानबिनका क्रममा आयोगले फौजदारी अनुसन्धान आवश्यक रहेको सिफारिस गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
सर्वोच्च अदालतले दिएको परमादेश (आदेश) अनुसार हिरासतमा राखिरहनु आवश्यक नभएको ठहर गर्दै, अनुसन्धानमा सहयोग गर्ने सर्तमा रिहा गर्न निर्देशन दिएको हो।
उनीहरू मुद्दा चलिरहँदा वा अनुसन्धानका क्रममा बोलाइएमा अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। यदि उपस्थित नभए कानुनी कारबाही कडा हुन सक्छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया