उत्तरी फ्रान्समा नहर पार गर्ने क्रममा चार जनाको मृत्यु
- BFIS News
- 2026 Apr 09 16:52
फ्रान्स, चैत २६ गते । उत्तरी फ्रान्सको तट क्षेत्रमा नहर पार गर्ने क्रममा बिहीबार चार जनाको मृत्यु भएको छ। फ्रान्सेली अधिकारीहरूका अनुसार डुङ्गा चढेर नहर पार गर्ने प्रयास गर्दा दुई पुरुष र दुई महिलालाई इक्विहेन–प्लेज गाउँ नजिकै छालले बगाएको हो।
क्षेत्रीय अधिकारी फ्रान्कोइस-जेभियर लाउचले घटनाबारे जानकारी दिँदै मृतकहरूको पहिचान तथा राष्ट्रियता अझै खुल्न नसकेको बताउनुभएको छ।
यसअघि गत हप्ता पनि सोही क्षेत्रमा नहर पार गर्ने प्रयासका क्रममा दुई जनाको मृत्यु भएको थियो। बेलायत पुग्ने उद्देश्यले जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गर्ने आप्रवासीका लागि फ्रान्स लामो समयदेखि प्रमुख मार्ग रहँदै आएको छ।
एएफपीका अनुसार गत वर्ष मात्र यस्ता घटनामा कम्तीमा २९ जनाको ज्यान गएको थियो। फ्रान्सेली तथ्याङ्कअनुसार ७९५ वटा डुङ्गामार्फत करिब ५० हजार मानिसले उक्त तट पार गर्ने प्रयास गरेका थिए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)






प्रतिक्रिया