Nepal Life

सिद्धार्थ बैंकका चार जना वरिष्ठ अधिकारी सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

NMB Bank
  • BFIS News
  • 2026 Apr 09 22:34
सिद्धार्थ बैंकका चार जना वरिष्ठ अधिकारी सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
United Ajod

काठमाडौं । सिद्धार्थ बैंकका चार जना वरिष्ठ अधिकारीलाई सहायक प्रमुख कार्यकारी अधिकृत (Assistant Chief Executive Officer) पदमा बढुवा गरिएको छ। बढुवा हुनेहरूमा अर्जुन भद्र खनाल, सृजन कृष्ण मल्ल, सुरेश राज महर्जन र प्रशन्न खड्का रहेका छन्।

Shikhar
Nepal Life
NIMB

बैंकले उनीहरूको कार्यसम्पादन, अनुभव तथा नेतृत्व क्षमताको कदर गर्दै उक्त पदमा जिम्मेवारी सुम्पिएको जनाएको छ। बढुवा पछि खनालले क्रेडिट अण्डरराइटिङ प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् भने मल्ल सूचना प्रविधि प्रमुखको भूमिकामा रहनेछन्। त्यसैगरी, महर्जनले मार्केटिङ तथा डिजिटल बैंकिङ प्रमुखको जिम्मेवारी पाएका छन् भने खड्का कर्पोरेट बैंकिङ प्रमुखको रूपमा कार्यरत रहनेछन्।

बैंकका अनुसार यस निर्णयले संस्थाको समग्र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नयाँ जिम्मेवारीसँगै उनीहरूले बैंकको रणनीतिक विकास, प्रविधि विस्तार तथा ग्राहक सेवामा थप सुधार ल्याउने विश्वास गरिएको छ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा रामेश्वर प्रसाद बस्याल कार्यरत छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया