NIMB Header 2
Nepal Life

एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी ८.२० रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2026 Apr 16 10:35
एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी ८.२० रुपैयाँ
United Ajod

काठमाडौं — एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाको खुद नाफा उल्लेख्य रूपमा बढेको देखिए पनि शेयरधनीलाई लाभांश वितरण गर्ने सम्भावना भने कमजोर देखिएको छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १२ लाख ९८ हजार रुपैयाँको तुलनामा ८,१३६.९८ प्रतिशतले बढी हो।

सञ्चालन मुनाफामा भएको तीव्र वृद्धिले खुद नाफा बढाउन मुख्य भूमिका खेलेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ७२.२१ प्रतिशतले वृद्धि हुँदा कुल सञ्चालन आम्दानी ६९.४५ प्रतिशतले बढेको छ। त्यस्तै, सञ्चालन मुनाफा ८,३५६.०३ प्रतिशतले उकालो लागेको छ।

यद्यपि, नाफामा सुधार भए पनि वितरणयोग्य मुनाफा ऋणात्मक रहेकाले लाभांश वितरणको सम्भावना न्यून देखिएको छ। चैत मसान्तसम्म संस्थाको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। यसअघि पनि लघुवित्तले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश नदिने घोषणा गरेको थियो।

यस अवधिमा प्रतिशेयर आम्दानी ८ रुपैयाँ १० पैसाले बढेर ८ रुपैयाँ २० पैसा पुगेको छ। तेस्रो त्रैमाससम्म मूल्य आम्दानी अनुपात ७४.१९ गुणा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ३५ पैसा रहेको छ।

तर, संस्थाको खराब कर्जा (एनपीएल) दर भने चिन्ताजनक रूपमा बढेको छ। समीक्षा अवधिमा खराब कर्जा ३.०४ प्रतिशतविन्दुले बढेर १६.५९ प्रतिशत पुगेको छ।

१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा निक्षेप तथा सापटी ७.८६ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी १२.३१ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया