सानिमा बैंकको नाफा ४२.२२% ले वृद्धि, प्रतिशेयर आम्दानी २३ रुपैयाँ नाघ्यो
- BFIS News
- 2026 Apr 24 09:56
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा तथा प्रतिशेयर आम्दानी (EPS) दुबैमा उल्लेखनीय वृद्धि देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले १ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी बढ्नु तथा इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारणका रूपमा देखिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशतले बढेको छ। साथै, खुद सञ्चालन आम्दानी २०.४१ प्रतिशत र सञ्चालन मुनाफा ४७.५० प्रतिशतले उक्लिएको छ।
त्यस्तै, इम्पेयरमेन्ट चार्ज घटेर १ अर्ब ४० करोड ४३ लाख रुपैयाँबाट १ अर्ब ३६ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ।
नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेर ६ रुपैयाँ ७४ पैसा वृद्धि भई २३ रुपैयाँ ७ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १५.२७ गुणा कायम भएको छ।
यसैगरी, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ २ पैसा रहेको छ।
हाल १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकसँग १० अर्ब ८० करोड ४७ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ। समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)




प्रतिक्रिया